पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 



ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ महिनाको भेटी सार्वजनिक गरिएको हो । 

समितिका  कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउन महिनामा ६ लाख ९१ हजार र भदौ महिनामा ११ लाख ३५ हजार ५ सय ५५ रुपैयाँ  गरि जम्मा १८ लाख २६ हजार ५ सय ५५ रुपैयाँ  भेटी सङ्कलन  गरिएको छ । समितिले हरेक महिना भेटीघाटी सार्वजनिक गर्दै आएपनि केही महिना यता भने क्षेत्र विकास समिति विहीन भएको कारण भेटीको विवरण सार्वजनिक भएको थिएन । 

संघिय सरकारले क्षेत्र विकासलाई प्रदेशमा हस्तान्तरण गरेपश्चात् समिति विहीन बनेको थियो । अध्यक्ष रक्कि थेवे र कार्यकारी निर्देशक हाङबाहाङले संयुक्त रुपमा सर्वोच्च अदालतमा पुनर्बहालीका लागि  रिट दर्ता गरेसँगै अदालतले उहाँहरूको पक्षमा फैसला गरेको हो । 

समिति बिहिन बनेको क्षेत्र विकासमा अदालतले पुरानै समितिलाई पुन जिम्मेवारी दिने फैसला गरेसँगै समितिले आफ्ना कामलाई अगाडि बढाउँदै भेटी घाटीको विवरण सार्वजनिक गरेको छ । यस्तै पाथिभरा (मुक्कुलुङ)मा साउनमा १ हजार ९ सय  ५५ र भदौमा ९ हजार ९ सय ३९ जना तीर्थयात्री पुगेका थिए ।

यहाँ वार्षिक लाखौँको सङ्ख्यामा देश तथा विदेशबाट भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : 9:59 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले