श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना



पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना भएको छ । आज एक कार्यक्रमका साथ उक्त अक्षय कोष स्थापना गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

५ लाख ५५ हजार ५५५ रुपैयाँको हरीप्रसाद र लिलादेवी गौतम अक्षय कोष स्थापना भएको छ । हिलिहाङ गाउँपालिका वडा नं. २ निवासी शिक्षा प्रेमी तथा समाजसेवी व्यक्तित्व हरिप्रसाद गौतम र लिलादेवी गौतम सँगै परिवारका सदस्यहरू जीवन प्रसाद र नारायणी, राजेन्द्र र पुण्यमाता, सूर्य प्रसाद र कौशिला, केशव प्रसाद र भिमकुमारी, भोला र गङ्गामाया गौतम साथै मैयादेवी र राधाकृष्ण भट्टराईले विद्यालयको शैक्षिक उन्नतिका लागि उक्त रकम बराबरको अक्षय कोष स्थापना गरेको हाम्रो सम्वाददाता कृष्ण अधिकारीले जानकारी दिनुभएको छ । 

यस्तै स्वर्गीय प्रकाश न्यौपानेको स्मृतिमा हिलिहाङ गाउँपालिका वडा नं। २ निवासी शिक्षा प्रेमी तथा समाजसेवी गीता न्यौपाने छोरीहरू अदिति न्यौपाने, आयुष्मा न्यौपाने साथै छोरी ज्वाई दिति र योगिन्जङ खड्काले १ लाख १ हजार १११ रुपैयाँको गीता न्यौपाने अक्षय कोष स्थापना गरेका छन् । 

कार्यक्रममा हिलिङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम प्रसाद हेम्ब्याको उपस्थितिमा उक्त अक्षयकोष स्थापना गरि विद्यालयलाई हस्तान्तरण गिरिएको विद्यालयका प्रधानाध्यापक भिमकुमारी भण्डारीले बताउँनुभयो । 
अक्षय कोष दाताहरूलाई विद्यालयको तर्फबाट धन्यबाद ज्ञापन सहित प्रमाण पत्रले सम्मान समेत गरिएको छ । 
 

प्रकाशित मिति : ३० भाद्र २०८१, आईतवार १८:४०

डा. चित्र मावोको नाटक ‘मुक्कुमलुङ’ शिल्पीमा मञ्चन (तस्विरमा)

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा असोज २ गते बुधबारदेखि

वाईसीएल फक्ताङ्लुङ्द्वारा पालिका सरसफाइ 

ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ

भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने

ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको

पाथिभरा (मुक्कुलुङ)मा २ महिनामा १८ लाख २६ हजार बढि भेटी सङ्कलन 

ताप्लेजुङ । पाथिभरा क्षेत्र विकास समितिले पछिल्लो २ महिनाको भेटीघाटी

ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि