श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना



पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना भएको छ । आज एक कार्यक्रमका साथ उक्त अक्षय कोष स्थापना गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

५ लाख ५५ हजार ५५५ रुपैयाँको हरीप्रसाद र लिलादेवी गौतम अक्षय कोष स्थापना भएको छ । हिलिहाङ गाउँपालिका वडा नं. २ निवासी शिक्षा प्रेमी तथा समाजसेवी व्यक्तित्व हरिप्रसाद गौतम र लिलादेवी गौतम सँगै परिवारका सदस्यहरू जीवन प्रसाद र नारायणी, राजेन्द्र र पुण्यमाता, सूर्य प्रसाद र कौशिला, केशव प्रसाद र भिमकुमारी, भोला र गङ्गामाया गौतम साथै मैयादेवी र राधाकृष्ण भट्टराईले विद्यालयको शैक्षिक उन्नतिका लागि उक्त रकम बराबरको अक्षय कोष स्थापना गरेको हाम्रो सम्वाददाता कृष्ण अधिकारीले जानकारी दिनुभएको छ । 

यस्तै स्वर्गीय प्रकाश न्यौपानेको स्मृतिमा हिलिहाङ गाउँपालिका वडा नं। २ निवासी शिक्षा प्रेमी तथा समाजसेवी गीता न्यौपाने छोरीहरू अदिति न्यौपाने, आयुष्मा न्यौपाने साथै छोरी ज्वाई दिति र योगिन्जङ खड्काले १ लाख १ हजार १११ रुपैयाँको गीता न्यौपाने अक्षय कोष स्थापना गरेका छन् । 

कार्यक्रममा हिलिङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईं, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम प्रसाद हेम्ब्याको उपस्थितिमा उक्त अक्षयकोष स्थापना गरि विद्यालयलाई हस्तान्तरण गिरिएको विद्यालयका प्रधानाध्यापक भिमकुमारी भण्डारीले बताउँनुभयो । 
अक्षय कोष दाताहरूलाई विद्यालयको तर्फबाट धन्यबाद ज्ञापन सहित प्रमाण पत्रले सम्मान समेत गरिएको छ । 
 

प्रकाशित मिति : 6:40 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको