फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप दुर्घटना हुँदा घाईते हुनु भएकी फक्तालुङ गाउँपालिका वडा नं.३ तावा बस्ने अन्दाजि बर्ष २६ की निर्मला गुरुङको मृत्यु भएको छ । शनिबार दिउँसो सदरमुकाम फुङलिङबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नं. को पिकअपलाई बाटो माथिबाट पहिरो संगै आएको ढुङ्गाले लागि दुर्घटना हुदा पिकअपमा सवार गुरुङ घाईते हुनु भएको थियो ।

उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि लगिएकोमा ६ः४५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरि निरिक्षक विवेक वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते गुरुङको टाउँकोमा चोट लागेको थियो । पिकअप चालक सोही ठाउँका अन्दाजि बर्ष १९ को रुपेश सुनुवार र पिकअप सिवा प्रहरी चौकीमा लगिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : 7:47 pm

फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी

एकअर्काको धर्मप्रति सम्मान गरौँ : मेयर मादेन

ताप्लेजुङ, पुस १० गते । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले

सिदिङ्वा गाउँपालिकाको आफ्नै चिनारी तथा पहिचान झल्किने लोगो निर्माण

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक

पाथिभरालाई प्रभावकारी बनाउन वत्तृत्वकला प्रतियोगिता सञ्चालन हुने 

सौगात विष्ट  ताप्लेजुङ, पुस १० गते । पाथिभरा बहुमुखी क्याम्पस

ल्होसारमा पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता

ताप्लेजुङ, पुष १० गते । तमु ल्होसारको अवसरमा दोस्रो स्वर्गीय