न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन




रेडियो काबेली

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ् – काठमाडौं सम्पर्क बिभाग” गठन गरेको छ । ताप्लेजुङको समेत जिम्मेवारी सम्हालिरहनु भएकी सासंद डा. तोसिमा कार्कीको बिशेष उपस्थितिमा विभाग गठन गरिएको हो ।

विभागको सह–संयोजकमा पूर्ण महत,सचिवमा राज याख्खा,सह–सचिवमा गोमा भट्टराई र कोषाध्यक्षमा राधा थेबे राई चयन हुनु भएको छ । सुनिल लिम्बू,प्रकाश नुगो,रामबहादुर थापा,गंगा कार्की,सागर सुवेदी,शोभा जोशी,सुभाष अधिकारी,जुनिता बानियाँ र सिद्धार्थ भट्टराई विभागको सदस्य चयन हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङका संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विभागको सल्लाहकारमा रामलाल ओली चयन हुनु भएको छ ।


कार्यक्रममा बोल्नु हुँदै डाक्टर तोसिमा कार्किले ताप्लेजुङ जिल्लाको विकासको लागि आफुलाई जुनसुकै भुमिकामा राखे पनि पवित्र मनले सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । त्यस्तै समसामयिक राजनीतिक घटनालाई प्रष्ट पार्दै रास्वपा एक मात्र बिकल्प रहेको सहप्रवक्ता रमेश प्रसाईले दाबी गर्नुभयो । रास्वपा ताप्लेजुङ् संयोजक श्रेष्ठले काठमाडौमा बसोबास गरिरहनु भएका जिल्लालाई माया गर्ने आम दाजुभाइ, दिदिबहिनीहरुलाई आफ्नो ज्ञान् र बौद्धिक्ता आफुलाई शेयर गरिदिन आग्रह गर्नुभयो । ताप्लेजुङ बनाउने अभिभारा ताप्लेजुङबासिकै रहेको र जिल्ला हामिले चाहे बमोजिम बन्नु पर्ने जिकिर श्रेष्ठको छ । आआफ्नो स्थानबाट निष्काम सहयोग गर्ने हो र राजनीति शुद्ध हुने हो भने हाम्रो जिल्ला नेपालकै समृद्ध र अन्तर्राष्ट्रिय स्तरको हिमाली जिल्ला बन्न खासै समय नलाग्ने पनि श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार १९:३३

असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ

फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो

रेडियो काबेलीताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्