ताप्लेजुङ गोल्डकपः प्याराफिटमा मात्र १२ लाख ७२ हजार ९ सय ७४ खर्च



स्थानिय भन्छनः फुटबलले व्यापार र रोजगारी दियो

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप २०८१ मा प्याराफिट निर्माणमा १२ लाख ७२ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको छ । बास खरिद,ढुवानी,कामदार ज्याला र डोरी तथा सामाग्रीहरुमा उक्त रकम खर्च भएको हो ।

२ हजार ६ सय ५० घन बास प्रयोग भएको छ । उक्त बास खरिदमा ४ लाख २१ हजार खर्च भएको छ । बास प्रतिघन १५० रुपैयाँ, १६० रुपैयाँ र १७० रुपैयाँमा खरिद भएको हो । यो ढुवानीसहितको रकम हो । प्याराफिट निर्माणमा ज्यालावापत ४ लाख ८५ हजार ३ सय रुपैयाँ खर्चिएको छ ।

दैनिक विहानदेखि बेलुकीसम्मको जनही १ हजार ५० रुपैयाँ ज्याला हो । कामदारको नेतृत्व गरेको स्थानिय द्रोणराज पाण्डेका अनुसार स्थानियले रोजगारी पाएका छन् । पाण्डेले भने,‘दैनिक २० देखि २५ जनासम्म काममा खट्यौ । साउन १६ गतेदेखि भदौ १ गतेसम्म रोजगारी मिल्यो । फुटबलले हामीलाई रोजगारी दियो ।’ लाखेजात्रा सञ्चालन समिति कोषअध्यक्ष निरोज श्रेष्ठका अनुसार यस पटक प्याराफिट निर्माणमा सबै जनशक्ति स्थानिय नै प्रयोग गरिएको छ ।

विगतमा तराईबाट ल्याउने गरिएको थियो । सुत्ली डोरी,काटी,त्रिपाल,प्लाईमा ३ लाख १५ हजार ९ सय ५४ रुपैयाँ खर्च भएको छ । होटल व्यवसायी रमेश श्रेष्ठका अनुसार भेटनेरी चोकमा चटपटे पसलदेखि होटलले राम्रो कारोवार गरेको छ । श्रेष्ठले भने,‘आयोजकबाट मात्र २ लाख ८५ हजार ८ सय ६० रुपैयाँ भुक्तानी लिए । जुन विगतको भन्दा कम हो ।’

यी वाहेक भेटनेरी चोकमा भएको कारोवार धेरै छ । स्थानिय जग्गादाता भिम गुरुङलाई बारीमा प्याराफिट निर्माणको जग्गा भाडावापत आयोजकले ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । आयोजकका अनुसार प्रतियोगीतामा भएको लगानीमध्ये ७० प्रतिशत रकम जिल्लामै रहेको छ ।

प्रकाशित मिति : 3:59 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो