अरिङ्गालले टोकेर घाइते भएका सिरिजङ्घाका लिम्बूको मृत्यु



ताप्लेजुङ । अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ। पाँच दिनअघि अरिङ्गालले टोकेर गम्भीर घाइते भएको लिम्बूको झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा लिम्बूको मृत्यु भएको हो।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार उपचारका क्रममा लिम्बूको सोमबार राति मृत्यु भएको हो। गत बिहीबार आफ्नै अलैँची बगानमा काम गर्ने क्रममा लिम्बूलाई अरिङ्गालले टोकेको थियो।

करिव ६० वटाभन्दा बढी अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएका लिम्बूलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्राथमिक उपचार गरी थप उपचारका लागि झापा पु¥याएको थियो। झापाको विर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचार सुरु भएको चार दिनपछि लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। गोरखापत्र अनलाइन

प्रकाशित मिति : 6:47 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका