सिकैँचा बासिन्दाले खोजी गर्न थाले वडाध्यक्ष



ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्। विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।

वडाबासीले वडाध्यक्ष बोखिमको खोजी गरिदिन गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकार गुहारेका हुन्। सिकैँचाका स्थानीय सात जनाले संयुक्त ज्ञापनपत्र गाउँपालिका कार्यालयमा बुझाउँदै वडाध्यक्ष बोखिमको खोजी गरिदिन आग्रह गरेका छन्। कार्यबाहकको भरमा १० महिनादेखि वडा कार्यालय सञ्चालन हुँदा वडामा समस्या उत्पन्न भएको उनीहरुले उल्लेख गरेका छन्।

वडामा चुलिँदै गएको समस्याको समाधान गरी निकास दिनुपर्ने भएकाले गाउँपालिकाले वडाध्यक्षको खोजी गरिदिनुपर्ने उनीहरुको माग रहेको छ। वडाबासी छत्र काङ्भा, शक्तिलाल पौडेल, अमित काङ्भा, मणिकुमार लिम्बू, निर्मलकुमार यवागु र छविलाल निरौलाले वडाध्यक्षको खोजीका लागि संयुक्त रुपमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।

स्थानीय छत्र काङ्भा लिम्बूका अनुसार वडाध्यक्ष लिम्बू २०८० साल कात्तिक २४ गतेदेखि वडा कार्यालयमा अनुपस्थित रहनुभएको छ। वडाध्यक्ष बोखिमको अनुपस्थितिमा वडासदस्य अम्बि साउदेनले कार्यबाहक वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ। लामो समयदेखि कार्यबाहकको भरमा सञ्चालन हुँदै आएको वडामा स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको काम कारबाही प्रभावित भइरहेको उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

वडाध्यक्ष बोखिम भने वैदेशिक रोजगारीका लागि हङ्कङ जानुभएको गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबोले जानकारी दिनुभयो। २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर बोखिम वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।gorkhapatraonline.com

प्रकाशित मिति : 6:42 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका