पाथीभरा (मुक्कुम्लुङ) मा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण



ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुम्लुङ ) मा बनाउन लागिएको केबलकार खारेजीको माग गर्दै आन्दोलनकारी पक्षले गृहमन्त्री रमेश लेखकलाई भेटी ध्यानाकर्षण गराएका छन् ।

उनिहरुले ध्यानाकर्षण पत्रमार्फत गृहमन्त्रीसमक्ष मुक्कुमलुङलाई हिन्दूकरण गरेर “पाथीभरा” बनाईएको र अहिले जर्बजस्ती केबलकार निर्माण गर्न खोजिएको अवगत गराउदै प्राकृतिक वातावरणमा प्रतिकुल असर पर्ने र मुक्कुमलुङको आदिमकालदेखिको मुल्य मान्यता र अस्तित्वलाई समेत संरक्षण नगर्ने भएकाले केबलकार निर्माण तुरुन्त बन्द गर्न माग गरेका हुन् ।

गृहमन्त्री लेखकले त्यस क्षेत्रमा केबलकार निर्माण गर्दा राम्रै हुदैन र भन्ने जिज्ञासा राखेपछि आफूहरुले मुक्कुमलुङप्रतिको आस्था, मुन्धुमी मान्यता र इतिहासबारे जानकारी गराउदै केबलकार बनाउन नहुने प्रष्ट विचार राखेको प्रतिनिधिमण्डलमा सहभागी अभियन्ता राम मादेनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 10:04 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले