श्री युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजारको अक्षय कोष स्थापना



ताप्लेजुङ । युवा वर्ष माध्यमिक विद्यालयमा १ लाख २५ हजार रुपैयाँको अक्षय कोष स्थापना भएको छ । स्व. बुबा शुक्रराज थलङ, स्व. आमाद्धय आइतरानी लावती र थरिमाया थेगिम थलङको स्मृतिमा छोरी ज्वाई धनमाया काङ्भा बोखिम थलङ र गंगा काङभा बोखिमले उक्त रकम बराबरको अक्षय कोष स्थापना गरिदिएका हुन् । 

आईतबार एक कार्यक्रमको आयोजना गरि अक्षय कोष स्थापना गरिएका विद्यालयका प्रधानाध्यापक चन्द्रमणी पौडेलले जानकारी दिनुभएको छ । यो सँगै उक्त कार्यक्रम मार्फत नै एक लाख बराबरको १८० थान किताब बोक्ने झोला वितरण सँगै १८० जना विद्यार्थीलाई खाजा खानका लागि नगद समेत प्रदान गरिएको हो । 

अक्षयदाता धनमाया थलङ काङभा बोखिम, विदुर विक्रम थलङ, सुमन थलङ र श्याम थलङको उपस्थितिमा अक्षय कोष स्थापना तथा झोला वितरण साथै सम्पूर्ण शिक्षकहरूलाई मायाको चिनो मार्फत सम्मान गरिएको विदुर विक्रम थलङले जानकारी दिनुभएको छ । 

यो सानो सहयोगले विद्यालयको गुणस्तरीय शिक्षा प्रदानमा मदत पुग्ने विश्वास राखेको उहाँको भनाई छ । यो सँगै विद्यालयका प्रधानाध्यापक पौडेलले दाताहरूलाई आभार सँगै धन्यबाट व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : 8:16 pm

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली