४ हजार ३ सय ५० मिटरको उचाइमा तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता सञ्चालन हुने 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता सञ्चालन हुने भएको छ । समुद्र सतहदेखि करिब ४ हजार ३ सय ५० मिटरको उचाइमा रहेको सिदिङबा गाउँपालिका कालिखोलाको तिम्बुङ पोखरीमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

तिम्बुङ पोखरी संरक्षण समितिले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र २६ गते प्रतियोगिताको आयोजना गर्ने तयारी भइरहेको जानकारी गराएको छ । हिमाली जिल्ला ताप्लेजुङमा पहिलो पटक सबैभन्दा उच्च भेगमा ट्रेल रन प्रतियोगिता सञ्चालन गर्न लागिएको समितिका सल्लाहकार कैलाश राईले बताउनुभयो । 

पर्यटकीय क्षेत्रका प्रचारप्रसारका लागि प्रतियोगिताले थप टेवा पु¥याउने विश्वासका साथ समितिले ट्रेल रन सञ्चालन गर्न लागेको जनाएको छ । समितिले रनमा प्रथम हुने प्रतियोगीलाई ३० हजार, द्धितियलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँको नगद पुरस्कारका समेत ब्यवस्था गरेको छ ।

छिमेकी मुलुक भारत तथा पाँचथर जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा भ्रमणका लागि कात्तिकसम्मको समय अत्यन्तै उत्तम भएकाले यही समयमा कार्यक्रम तय गरिएको समितिको भनाई छ । 

भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बसोबासका लागि होम स्टे, गोठ स्टे तथा टेन्ट बोकेर आउनेलाई आफैले रुचाएको ठाउँमा बस्न मिल्ने गरिको प्रबन्ध समितिले मिलाएको छ ।  यस क्षेत्रमा आउने पर्यटकले ढङढङगे झरना, केञ्जो फुल, विशाल टारहरू, चौँरी तथा भेडाका बथानहरू साथै तिम्बुङ र दूध पोखरी बाहेकका अन्य दर्जनौँ पोखरीहरुको अवलोकन गर्न सक्नेछन् ।

प्रकाशित मिति : 10:21 am

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो