४ हजार ३ सय ५० मिटरको उचाइमा तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता सञ्चालन हुने 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता सञ्चालन हुने भएको छ । समुद्र सतहदेखि करिब ४ हजार ३ सय ५० मिटरको उचाइमा रहेको सिदिङबा गाउँपालिका कालिखोलाको तिम्बुङ पोखरीमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

तिम्बुङ पोखरी संरक्षण समितिले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र २६ गते प्रतियोगिताको आयोजना गर्ने तयारी भइरहेको जानकारी गराएको छ । हिमाली जिल्ला ताप्लेजुङमा पहिलो पटक सबैभन्दा उच्च भेगमा ट्रेल रन प्रतियोगिता सञ्चालन गर्न लागिएको समितिका सल्लाहकार कैलाश राईले बताउनुभयो । 

पर्यटकीय क्षेत्रका प्रचारप्रसारका लागि प्रतियोगिताले थप टेवा पु¥याउने विश्वासका साथ समितिले ट्रेल रन सञ्चालन गर्न लागेको जनाएको छ । समितिले रनमा प्रथम हुने प्रतियोगीलाई ३० हजार, द्धितियलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँको नगद पुरस्कारका समेत ब्यवस्था गरेको छ ।

छिमेकी मुलुक भारत तथा पाँचथर जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा भ्रमणका लागि कात्तिकसम्मको समय अत्यन्तै उत्तम भएकाले यही समयमा कार्यक्रम तय गरिएको समितिको भनाई छ । 

भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बसोबासका लागि होम स्टे, गोठ स्टे तथा टेन्ट बोकेर आउनेलाई आफैले रुचाएको ठाउँमा बस्न मिल्ने गरिको प्रबन्ध समितिले मिलाएको छ ।  यस क्षेत्रमा आउने पर्यटकले ढङढङगे झरना, केञ्जो फुल, विशाल टारहरू, चौँरी तथा भेडाका बथानहरू साथै तिम्बुङ र दूध पोखरी बाहेकका अन्य दर्जनौँ पोखरीहरुको अवलोकन गर्न सक्नेछन् ।

प्रकाशित मिति : 10:21 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका