ताप्लेजुङमा असोज ५ गते अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिता हुने



ताप्लेजुङ । ताप्लेजुङमा अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिता हुने भएको छ । हिमाली संरक्षण मञ्च ताप्लेजुङले सोमबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन हुने जानकारी गराएको हो । 

विश्व रेड पाण्डा दिवसको अवसरमा आगामी असोज ५ गते म्याराथन गर्ने तयारी गरेको मञ्चका कार्यवाहक अध्यक्ष भिङ्गमारे लिम्बूले जानकारी दिनुभयो । विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा ९हाब्रे०को संरक्षण र संरक्षणको महत्व, पर्यटन प्रबर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि म्याराथनको आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । 

म्याराथन ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा धामसम्म पुगेर पुन फुङलिङ बजारसम्मको करिब ४८ किलोमिटरको रुटमा सञ्चालन गर्ने तयारी भइरहेको मञ्चले जनाएको छ । यो क्षेत्र रेडपाण्डाको बासस्थान भएकाले समय–समयमा तीर्थयात्रीले समेत रेड पाण्डा भेट्ने गरेका छन् । 

प्रतियोगितामा महिला र पुरुषलाई एउटै समयमा संयुक्त रुपमा दौडाइने बताइएको छ । म्याराथनमा भाग लिने प्रतियोगीलाई बिभिन्न विधाका पुरस्कार छुट्याइएको छ । म्याराथनको संयुक्त रुपमा विजेता बन्नेलाई १ लाख रुपैयाँ प्रदान गरिने मञ्चको भनाई छ । यस्तै पुरुष र महिला दुवैतर्फको प्रथम, द्वितीय र तृतीय बन्ने धावक धाविकालाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गर्ने मञ्चको तयारी छ । 

रेड पाण्डा पाइने जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलामका प्रतियोगिहरुमध्येको प्रथम, द्वितीय र तृतीय हुनेलाई समेत क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ उपलब्ध गराइने मञ्चका अध्यक्ष लिम्बूले बताउनुभयो । 

 प्रतियोगिता सम्पन्न गर्नका लागि कुल २६ लाख रुपैयाँ लागत लाग्ने बताईएको छ । रेड पाण्डा नेटवर्क र फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।  

प्रकाशित मिति : 6:08 pm

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला