प्याबसनको आयोजनामा बृद्धिचाल प्रतियोगिता सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । प्याबसन ताप्लेजुङको आयोजनामा अन्तर प्याबसन स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्याबसनको वार्षिक कार्यतालिका अनुसार शुक्रबार (आज) प्रतियोगिता लिटल बुद्ध बोर्डिङ स्कुलमा सम्पन्न भएको हो ।

प्रतियोगितामा माध्यमिक तह छात्रतर्फ कञ्चनजंघा बोर्डिङ स्कुलका अर्पन भट्टराई प्रथम, मेचि सेन्ट मेरिज बोर्डिङ स्कुलका सर्मिन पौडेल द्धितिय र नवज्योति कञ्चन एकेडेमीका मिलन लिम्बु तृतिय हुनुभएको छ । त्यस्तै माध्यमिक तह छात्रातर्फ नवज्योति कञ्चन एकेडेमीकी सृष्टि लिम्बु प्रथम, लिटल बुद्धकी खुसी श्रेष्ठ द्धितिय र अक्फोर्ड मोडेल बोर्डिङकी अप्सरा लिम्बु तृतिय हुनुभएको छ ।

आधारभुत तह छात्रतर्फ नवज्योति कञ्चन एकेडेमीका तारा लिम्बु प्रथम, अक्फोर्ड मोडेल बोर्डिङका सम्राट लुँईटेल द्धितिय र तमोर ईङ्लिस स्कुलका राजु निरौला तृतिय बन्नुभएको छ । त्यस्तै गरि आधारभुत तह छात्रातर्फ लिटल बुद्धकी रिस्ता गुरुङ प्रथम, हाङ्देवा पाथीभरा क्यु लर्निङकी किञ्जल हिङमाङ द्धितिय र नवज्योति कञ्चन एकेडेमीकी रुथ शेर्पा तृतिय हुनुभएको छ ।


प्रतियोगितामा माध्यमिक र आधारभुत छात्र र छात्रा दुबैतर्फ प्रथमलाई १ हजार ५ सय, द्धितियलाई १ हजार र तृतीयलाई ५ सय रुपैँया पुरस्कार प्रदान गरिएको लिटल बुद्ध बोर्डिङ स्कुलका प्रेन्सिपल युवराज गिरीले बताउनुभयो । प्रतियोगिता विश्व बृद्धिचाल संघको फिडे नियम अनुसार खेलाईएको प्रमुख निर्णायक राजकुमार गुरुङले जानकारी दिनुभयो । प्याबसनले आफ्नो वार्षिक कार्यतालिका अनुसार विद्यार्थीहरुको सर्वाङ्गीण विकास गर्नका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : 8:18 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका