ताप्लेजुङमा कृष्ण कंश लिला प्रदर्शन




रेडियो काबेली
ताप्लेजुङ । लाखे जात्राको अन्तिम दिन आज ताप्लेजुङमा कृष्ण कंश लिला प्रदर्शन गरिएको छ । नेपाल भाषा ताथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा कृष्ण कंश लिला प्रदर्शन गरिएको हो । कृष्ण कंश लिला श्रीकृष्ण्ले कंशलाई अन्त्य गरेको सम्झना हरेक वर्ष मनाउने गरिएको नेपाल भाषा ताथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृष्ण कंश लिला प्रर्दशनसँगै लाखे सेलाउने कार्यक्रम विधिवत रुपमा हुन्छ र आजबाट लाखेनाचको अन्त्य हुन्छ ।

हिजो(सोमबार)पनि ताप्लेजुङमा कृष्ण जन्माष्टमीको दिन लाखेनाच प्रर्दशन गरिएको थियो । लाखेजात्राको अवसरमा एक महिना अघिबाट नेपाल भाषा ताथा सांस्कृतिक समाज ताप्लेजुङले गाईजात्रा, धान रोपाई सहित लाखेनाच, धिमे नाच साथै ठ्याक ठुके नाच लगायत विविध कार्यक्रम गरेको छ ।


त्यस्तै लाखे जात्राको अवसरमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आयोजनामा च्याब्रुङ (केलाङ) र धाननाच (यालाङ) कार्यक्रम पनि सम्पन्न भएको छ । यस्ता कार्यक्रमले संस्कृतिको संरक्षण सँगै नयाँ पुस्तामा संस्कृतिको हस्तारण गर्न सहयोग समेत पु¥याउने गर्दछ ।

प्रकाशित मिति : 9:39 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका