ताप्लेजुङ गोल्ड कपको फाइनलमा १० लाख १४ हजारको  टिकट बिक्री



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको आज अन्तिम दिन १० लाख १४ हजार रुपैयाँको  टिकट बिक्री भएको छ । उपाधिका लागि भएको सिराहाको सलहेश युवा क्लब र मोरङको सगरमाथा युथ क्लबको खेल हेर्न ४ हजार ५६ जना दर्शकले २५० दरले उक्त रकम बराबरको टिकट काटेको हो । 

भदौ ३ गते सोमबार देखि जारी रहेको पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन मङ्गलबार १ लाख ३५ हजार रुपैयाँ, तेस्रो दिन बुधबार १ लाख ४० हजार ८ रुपैयाँ र चौथो दिन बिहीबार २ लाख १३ हजार ९ सय रुपैयाँको टिकट बिक्री भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा पहिलो सेमिफाइनलको दिन ३ लाख ८ हजार ८०० रुपैयाँको टिकट बिक्री भएको थियो भने अन्तिम सेमिफाइनलको दिन ३ लाख ४४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।  हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको थियो । टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । 

समितिले दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको थियो ।

आज भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङले सलहेश युवा क्लब सिराहालाई १-० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ गोल्डकपको उपाधि चुमेको छ । प्रतियोगिताको विजेता मोरङले ५ लाख र उपविजेताले सिराहाले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 

प्रकाशित मिति : 6:37 pm

ताप्लेजुङका एक युवाद्वारा नेटिभटाइप डट कम वेभ एप्लिकेशन सार्वजनिक

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङका एक युवाले नेटिभटाइप डट

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि

१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन

ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड