ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको उपाधी मोरङले चुमेको छ । सोमबार (आज) भएको फाइनल खेलमा सिराहाको सलहेश युवा क्लबलाई १–० गोलले पारजित गर्दै मोरङको सगरमाथा युथ क्लबले उपाधी चुम्न सफल भएको हो ।

मोरङको तर्फबाट पहिलो हाफको दोश्रो मिनेटमा बिजय भुजेलले गर्नु भएको गोल नै जितका लागि निर्णायक गोल बन्यो । त्यसपश्चात निर्धारित समय अवधि भरि दुवै समहुले आक्रामक ढंगले खेलेपनि सिरहाले कुनै गोल फर्काउन नसक्दा हार ब्यहोर्न बाध्य भयो ।

उपाधी सँगै मोरङले नगद ५ लाख र उपविजेता भएको सिराहाले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । सेमिफाइनल खेलमा ट्राइबेकरमा ४–२ गोल अन्तरले झापाको बिर्तामोड फुटबल क्लब पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको थियो भने ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा भारतको सिलगुडी सहित देश भित्रका गरि विभिन्न ८ टिमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : 5:36 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका