ताप्लेजुङ गोल्डकपको उपाधी मोरङलाई



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको उपाधी मोरङले चुमेको छ । सोमबार (आज) भएको फाइनल खेलमा सिराहाको सलहेश युवा क्लबलाई १–० गोलले पारजित गर्दै मोरङको सगरमाथा युथ क्लबले उपाधी चुम्न सफल भएको हो ।

मोरङको तर्फबाट पहिलो हाफको दोश्रो मिनेटमा बिजय भुजेलले गर्नु भएको गोल नै जितका लागि निर्णायक गोल बन्यो । त्यसपश्चात निर्धारित समय अवधि भरि दुवै समहुले आक्रामक ढंगले खेलेपनि सिरहाले कुनै गोल फर्काउन नसक्दा हार ब्यहोर्न बाध्य भयो ।

उपाधी सँगै मोरङले नगद ५ लाख र उपविजेता भएको सिराहाले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । सेमिफाइनल खेलमा ट्राइबेकरमा ४–२ गोल अन्तरले झापाको बिर्तामोड फुटबल क्लब पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको थियो भने ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा भारतको सिलगुडी सहित देश भित्रका गरि विभिन्न ८ टिमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार १७:३६

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको