ताप्लेजुङ गोल्डकपको फाइनल आज, उपाधिका लागि सिराहा र मोरङ भिड्दै 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेल आज हुँदै छ । फाइनल खेलमा उपाधिका लागि सिराहाको सलहेश युवा क्लब र मोरङको सगरमाथा युथ क्लबले प्रतिस्पर्धा गर्दै छ । 

हिजो भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइबेकरमा ४–२ गोल अन्तरले झापाको बिर्तामोड फुटबल क्लब पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भए पछि खेल इन्जुरी समयमा धकेलिएको थियो तर उक्त समयमा पनि गोल हुन नसके पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । 

ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । आज हुने फाइनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

खेल दिउसो ठिक २:३० बजे सुरु हुने छ । क्वार्टरफाईनलका ४ ओटा खेलका लागि एक सय रुपैयाँ, सेमिफाइनलका लागि दुई सय रुपैयाँ टिकटदर निर्धारण गरिएको थियो भने, आज फाइनल खेलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको समितिले जनाएको छ । दर्शकका सुविधाका लागि करिब ७ लाख बढी रकम खर्चेर बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको हो । 

खेल अवलोकन गर्नका लागि बालबालिका, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूलाई भने प्रवेश निःशुल्क गरिएको छ । अन्य दर्शकको हकमा भने टिकट काटेर मात्रै मैदानमा प्रवेश गरिदिन समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:08 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका