पुतली सहयोग योजना संस्थाद्धारा फक्ताङलुङका बाढी पहिरो पिडितलाई ५ लाख बढीको राहत वितरण



रेडियो काबेली
ताप्लेजुङ । पुतली सहयोग योजना संस्थाद्धारा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका बाढी पहिरो पिडितलाई ५ लाख बढीको राहथ वितरण गरिएको छ । पालिकाको वडा नं. २ खेजेनिममा जेठ ३१ गते राति अबिरल वर्षा पछि आएको बाढी र पहिरोमा परि विस्थापित भएका परिवारलाई संस्थाले र आईतबार गाउँपालिका अध्यक्ष राजन लिम्बु( मुक्ति), वडा अध्यक्ष भुपेन्द्र चौलागाई लगायतका जनप्रतिनीधिको रोहोबरमा ५ लाख ८५ हजार रुपैँयाको राहत वितरण गरेको हो ।

बाढी र पहिरोमा परि विस्थापित भएका ७ परिवारलाई राहत स्वरुप प्रत्येक घरलाई ६० केजी चामल, १० केजी दाल, मैदा १० केजी, नुन ५ केजी, चिनी ५ केजी, तेल ३ लिटर, चाउचाउ २ काटन प्रदान गरिएको पुतली सहयोग योजनाका सचिव दावा छिरिङ ईलावाले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्नका साथै ७ घरपरिवारका ५० जनालाई ज्याकेट समेत वितरण गरिएको छ ।


त्यस्का साथै फक्ताङलुङ गाउँपालिका वडा नंं. २ खेजेनिमको सिबु आधारभुत विद्यालय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयका ६० जना विद्यार्थीलाई कपि, ज्यामेट्रिक बक्स, ज्याकेट, बालशिक्षाका लागि आवश्यक शैक्षिक सामाग्री र विद्यालयलाई फुटबल र भलिबल २/२ थान गरी १ लाख ५० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव ईलावाले जानकारी दिनुभयो ।


काठमाडौँ महानगरपालिका वडा नंं. ६ बौद्धमा रहेको पुतली सहयोग योजना संस्थाले मुख्य गरि शैक्षिक क्षेत्र साथै अति आवश्यक परेको अन्य क्षेत्रमा समेत सहयोग एवं राहत वितरण गर्दै आएको छ । संस्थाले कोरोना संक्रमणको समयमा पनि विभिन्न सहयोग प्रदान गरेको जनाएको छ । यस संस्थाले स्विजरल्याण्डको दातृ निकाय द बटर फ्लाई प्रोजेक्ट ( पुतली सहयोग योजना संस्था) को समन्वयमा नेपालका विभिन्न स्थानमा काम गरि रहेको छ ।

प्रकाशित मिति : 10:55 am

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र