पुतली सहयोग योजना संस्थाद्धारा फक्ताङलुङका बाढी पहिरो पिडितलाई ५ लाख बढीको राहत वितरण



रेडियो काबेली
ताप्लेजुङ । पुतली सहयोग योजना संस्थाद्धारा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका बाढी पहिरो पिडितलाई ५ लाख बढीको राहथ वितरण गरिएको छ । पालिकाको वडा नं. २ खेजेनिममा जेठ ३१ गते राति अबिरल वर्षा पछि आएको बाढी र पहिरोमा परि विस्थापित भएका परिवारलाई संस्थाले र आईतबार गाउँपालिका अध्यक्ष राजन लिम्बु( मुक्ति), वडा अध्यक्ष भुपेन्द्र चौलागाई लगायतका जनप्रतिनीधिको रोहोबरमा ५ लाख ८५ हजार रुपैँयाको राहत वितरण गरेको हो ।

बाढी र पहिरोमा परि विस्थापित भएका ७ परिवारलाई राहत स्वरुप प्रत्येक घरलाई ६० केजी चामल, १० केजी दाल, मैदा १० केजी, नुन ५ केजी, चिनी ५ केजी, तेल ३ लिटर, चाउचाउ २ काटन प्रदान गरिएको पुतली सहयोग योजनाका सचिव दावा छिरिङ ईलावाले जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यान्नका साथै ७ घरपरिवारका ५० जनालाई ज्याकेट समेत वितरण गरिएको छ ।


त्यस्का साथै फक्ताङलुङ गाउँपालिका वडा नंं. २ खेजेनिमको सिबु आधारभुत विद्यालय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयका ६० जना विद्यार्थीलाई कपि, ज्यामेट्रिक बक्स, ज्याकेट, बालशिक्षाका लागि आवश्यक शैक्षिक सामाग्री र विद्यालयलाई फुटबल र भलिबल २/२ थान गरी १ लाख ५० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको सचिव ईलावाले जानकारी दिनुभयो ।


काठमाडौँ महानगरपालिका वडा नंं. ६ बौद्धमा रहेको पुतली सहयोग योजना संस्थाले मुख्य गरि शैक्षिक क्षेत्र साथै अति आवश्यक परेको अन्य क्षेत्रमा समेत सहयोग एवं राहत वितरण गर्दै आएको छ । संस्थाले कोरोना संक्रमणको समयमा पनि विभिन्न सहयोग प्रदान गरेको जनाएको छ । यस संस्थाले स्विजरल्याण्डको दातृ निकाय द बटर फ्लाई प्रोजेक्ट ( पुतली सहयोग योजना संस्था) को समन्वयमा नेपालका विभिन्न स्थानमा काम गरि रहेको छ ।

प्रकाशित मिति : 10:55 am

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा