ताप्लेजुङ गोल्ड कप : आजको ‘फ्यान अफ दि म्याच’ १० वर्षीया ओङ्मू शेर्पा



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको अन्तिम सेमिफाइनल खेलको ‘फ्यान अफ दि म्याच’ ओङ्मू शेर्पा हुनुभएको छ । शेर्पा आजको खेलमा ‘फ्यान अफ द म्याच’ बन्नु भएको हो ।

१० वर्षीया शेर्पाले २ वर्षीय भाइ पासाङ डन्डु शेर्पालाई काखमा राखेर खेल अवलोकन गरेकी थिइन् । फक्ताङलुङ गाउँपालिका–६ लेलेप निवासी शेर्पालाई खेल अवलोकन गर्न आयोजकले स्टेज अगाडि बस्ने ठाउँको व्यवस्था गरेको थियो ।

 खेल समय अवधिभर भाइलाई फकाएर खेलको मज्जा लिएको दृश्य अफिसियल पत्रकार राजिव मावोहाङ र सुमन श्रेष्ठले कैद गर्नुभएको हो । कोशी प्रदेशसभा सदस्य माननीय खगेनसिंह हाङ्गामले शेर्पालाई केल्मीको बल र सादा सेट फोन प्रदान गर्नुभएको छ । 

उक्त बलमा राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले हस्ताक्षर गर्नुभएको छ । फुङलिङ नगरपालिका–४ निवासी इजी डिजिटल स्टोरका प्रो। सन्तोष अछामीले उपलब्ध गराएको सादा सेटको फोन समेत प्रदान गरिएको छ । 

टिकट लिएर खेल हेर्ने दर्शकलाई अन्य दुई ओटा अफरहरू समेत उपलब्ध गराइएको छ । गोलाप्रथाको माध्यमबाट हरेक दिन एक जनालाई मोबाइल सेट प्रदान गरिने छ । त्यस्तै सुट फर द हिरोका लागि दुई जनालाई छनोट गरि विशेष उपहारको समेत ब्यवस्था गरेको आयोजकले जनाएको छ ।

बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौंलाई ३– ० ले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 9:53 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका