ताप्लेजुङ गोल्डकप : ताप्लेजुङलाई पराजित गर्दै मोरङ फाईनलमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपमा ताप्लेजुङलाई पराजित गर्दै मोरङ फाईनलमा प्रवेश गरेको छ । शुक्रबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाईनलमा प्रवेश गरेको हो ।

खेलको ९ औँ मिनेटमा मोरङका मिलन राईले पहिलो गोल गर्नुभएको थियो । त्यस्तै दोश्रो हाफको ६० औँ मिनेटमा ताप्लेजुङको अनुप सेन्दाङले गोल गरेसँगै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपश्चात दुवै टीमले आक्रामक ढंगले प्रहार गरेपनि निर्धारित समयमा कुनै गोल हुन सकेन । ईन्जुरी समयको पहिलो हाल्फको अन्त्यतिर पुन मोरङका राईले गरेको दोश्रो गोल नै जितका लागि पर्याप्त बन्यो ।

भोली (शनिबार)हुने अन्तिम सेमिफाईनल खेलमा सलहेश युवा क्लब सिराहा र विर्तामोड फुटबल क्लब झापा भिड्ने छन् ।ताप्लेजुङले पाहुना टीम भारत सिलगुडीको कञ्चनजङ्घा फुटबल क्लवलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लवलाई १–० गोलले पछि पार्दै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त पक्का गरेको थियो ।

यो दुई टीम बीचको बिजेताले फाईनलमा मोरङसँगको भेट पक्का गर्नेछ । झापाले त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेका हुन् । भदौ १० गते फाईनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 5:35 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका