ज्यान मार्ने उद्योगमा ताप्लेजुङमा एक महिला पक्राउ




ताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिकामा ज्यान मार्ने उद्योगमा एक महिला पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा पालिकाको वडा नं. ६ की  ३५ वर्षीय मेनुका सुनुवार भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं. ६ मा अवस्थित जनता आधारभुत विद्यालय जाने क्रममा भाद्र ४ गते उक्त विद्यालयका २८ वर्षीय शिक्षक खेम प्रसाद घिमिरेलाई सुनुवार र उहाँका श्रीमान् रमेश भण्डारीले आफ्नो घर अगाडि हिँडी रहेको अवस्थामा बाटो छेकी ज्यान मार्ने उद्देश्यले बियरको बोतल र लाठीले कुटपिट गरेका थिए ।

कुटपिटबाट घिमिरेको शरीरको विभिन्न भागमा चोट लागेको छ । कुटपिट गरेर फरार भएकी सुनुवारलाई गाउँ मै लुकीछिपि रहेको अवस्थामा बिहीबार सोही गाउँबाट पक्राउ गरिएको र जिल्ला अदालत ताप्लेजुङमा पाँच दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 9:33 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका