ताप्लेजुङ गोल्डकप : बिर्तामोड युनाइटेड झापा सेमिफाइनलमा प्रवेश, आर्मी ३-० गोलले पराजित



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा  त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँलाई पराजित गर्दै झापाले सेमिफाइनलको यात्रा तय गरेको हो । 

झापाले त्रिभुवन आर्मीलाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गरेको छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आज भएको खेलमा आर्मीका कप्तान समेत रहेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान, नेपाली टिमको सदस्य नवयुग श्रेष्ठ, आशिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडीहरू मैदानमा उत्रिएका थिए । यस्तै, झापाले पनि आधिकांश नेपाली राष्ट्रिय टोलीमा आवद्ध खेलाडीहरूलाई मैदानमा उतारेको थियो । 

मध्यान्तर पछिको पहिलो मिनेटमै बिर्तामोडका लागि अभिषेक गुरुङले गोल गरे । खेलको ६५ औं मिनेटमा बिर्तामोडका लागि देवेन्द्र तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । यस्तै खेलको ६६ औं मिनेटमै युसफ थपलियाले टिमका लागि तेस्रो गोल गर्दै आफ्नो टिमलाई आर्मीविरुद्ध फराकिलो अन्तरले जित निकालेको हो ।

हिजोको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त सुनिश्चित गरेको हो । ताप्लेजुङले पहिलो खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुँदै छ ।

प्रकाशित मिति : 5:07 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका