ताप्लेजुङ गोल्ड कप : आज झापा र त्रिभुवन आर्मी भिड्दै, अधिकांश राष्ट्रिय खेलाडीहरू मैदानमा उत्रिँदै



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको आज अन्तिम क्वाटरफाइनल खेलमा झापा र काठमाडौँ भिड्दै छन् । दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब र काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । 

दुबै टिममा अब्बल खेलाडीहरू  रहेकाले आजको खेल दर्शकले विशेष रुचाउने आयोजकको दावी छ । काठमाडौँको टिममा अधिकांश राष्ट्रिय खेलाडीहरू रहेका छन् । नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान भरत खवास, नेपाली टिमको सदस्य नवयुग श्रेष्ठ, आशिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडीहरूले ताप्लेजुङको मैदानमा उत्रिँदैछन् । 

यता झापासँग पनि बिभिन्न खेलमा अनुभव संगाल्नुका साथै बिभिन्न लिग खेलेका अनुभवी खेलाडी भएकाले आजको खेल जित्दै सेमिफाइनल प्रवेशको गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा छन् । आज हुने खेलको विजेताले दोश्रो सेमिफाइनल खेलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गर्ने छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

हिजोको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त सुनिश्चित गरेको हो । ताप्लेजुङले पहिलो खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुँदै छ ।

प्रकाशित मिति : 6:32 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका