ताप्लेजुङ गोल्ड कप : आज झापा र त्रिभुवन आर्मी भिड्दै, अधिकांश राष्ट्रिय खेलाडीहरू मैदानमा उत्रिँदै



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपको आज अन्तिम क्वाटरफाइनल खेलमा झापा र काठमाडौँ भिड्दै छन् । दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब र काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । 

दुबै टिममा अब्बल खेलाडीहरू  रहेकाले आजको खेल दर्शकले विशेष रुचाउने आयोजकको दावी छ । काठमाडौँको टिममा अधिकांश राष्ट्रिय खेलाडीहरू रहेका छन् । नेपालको राष्ट्रिय टिमका पूर्व कप्तान भरत खवास, नेपाली टिमको सदस्य नवयुग श्रेष्ठ, आशिक बाबु चौधरी, जितेन्द्र कार्की लगायतका चर्चित खेलाडीहरूले ताप्लेजुङको मैदानमा उत्रिँदैछन् । 

यता झापासँग पनि बिभिन्न खेलमा अनुभव संगाल्नुका साथै बिभिन्न लिग खेलेका अनुभवी खेलाडी भएकाले आजको खेल जित्दै सेमिफाइनल प्रवेशको गर्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा छन् । आज हुने खेलको विजेताले दोश्रो सेमिफाइनल खेलमा सिरहाको सलहेस युवा क्लबसँगको भेट पक्का गर्ने छ । सिरहाले पाँचथर फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

हिजोको खेलबाट मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा ताप्लेजुङसँगको भिडन्त सुनिश्चित गरेको हो । ताप्लेजुङले पहिलो खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लबलाई ७–५ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १० गते हुँदै छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०६:३२

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन