ताप्लेजुङ गोल्डकप : बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै मोरङ सेमिफाइनलमा प्रवेश 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपमा रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै मोरङको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटरफाइन खेल अन्तरगत बुटवल लुम्बिनी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । 

यो सँगै मोरङले सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङ सँगको सेमिफाइनमा भेट पक्का गरेको छ । सोमबार भएको पहिलो खेलबाट ताप्लेजुङले सिलगुडी भारतको टीम कञ्चजङ्घा फुटबल क्लबलाई ७–५ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

यस्तै हिजो सम्पन्न दोश्रो खेलबाट पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेस युवा क्लब सिरहाले सेमिफाइनलमा आफ्नो सिट सुरक्षित गरेको छ । आज दुवै टिमले ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडीहरूलाई मैदानमा उतारेका थिए ।

भोलि हुने क्वार्टरफाईनलको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा भिड्दै छन् । यो खेल समेत निकै नै रोचक हुने दर्शकहरूले अनुमान गरेका छन् । यी दुई टीम बीचेको विजेताले सेमिफाइनलमा सिरहासँगको भेट पक्का गर्नेछ । दोश्रो सेमिफाइनल खेल भदौ ८ गते हुँदैछ । 

भदौ १० गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँसँगै ट्रफी, मेडल प्रदान गरिएको छ ।

आयोजकले प्रतियोगिताको बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद साथै ट्रफीको ब्यवस्था गरेको छ । 

प्रकाशित मिति : 5:04 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले