ताप्लेजुङ गोल्डकपमा आज रूपन्देही र मोरङ भिड्दै



ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपमा आज रूपन्देही र मोरङबीच प्रतिष्पर्धा हुँदैछ । क्वाटरफाइनल अन्तर्गतको तेश्रो खेलमा आज रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र मोरङको सगरमाथा युथ क्लबबीच आमनेसामने हुने भएको हो । 

आज दुवै टीम तर्फ ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी भएकाले दुवैले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबी गरेका छन् । आजको खेलको विजेताले सेमिफाइनमा ताप्लेजुङसँगको भेट पक्का गर्ने छन् । 

सोमबार भएको पहिलो खेलबाट ताप्लेजुङले सिलगुडी भारतको टीम कञ्चजङ्घा फुटबल क्लबलाई ७–५ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । यस्तै हिजो सम्पन्न दोश्रो खेलबाट पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेस युवा क्लब सिरहाले सेमिफाइनलमा आफ्नो सिट सुरक्षित गरेको छ । 

यस्तै भोलि हुने क्वार्टरफाईनलको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा भिड्दै छन् । यो खेल समेत निकै नै रोचक हुने दर्शकहरूले अनुमान गरेका छन् । यी दुई टीमबीचेको विजेताले सेमिफाइनलमा सिरहासँगको भेट पक्का गर्नेछ । दोश्रो सेमिफाइनल खेल भदौ ८ गते हुँदैछ । 

भदौ १० गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँसँगै ट्रफी, मेडल प्रदान गरिएको छ । आयोजकले प्रतियोगिताको बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद साथै ट्रफीको ब्यवस्था गरेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०६:३९

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा

कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास

ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको

ताप्लेजुङका चार पालीकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ। ताप्लेजुङको चार वटा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ

ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक