ताप्लेजुङ गोल्डकपमा आज रूपन्देही र मोरङ भिड्दै



ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्ड कपमा आज रूपन्देही र मोरङबीच प्रतिष्पर्धा हुँदैछ । क्वाटरफाइनल अन्तर्गतको तेश्रो खेलमा आज रूपन्देहीको बुटवल लुम्बिनी फुटबल क्लब र मोरङको सगरमाथा युथ क्लबबीच आमनेसामने हुने भएको हो । 

आज दुवै टीम तर्फ ए डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी भएकाले दुवैले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबी गरेका छन् । आजको खेलको विजेताले सेमिफाइनमा ताप्लेजुङसँगको भेट पक्का गर्ने छन् । 

सोमबार भएको पहिलो खेलबाट ताप्लेजुङले सिलगुडी भारतको टीम कञ्चजङ्घा फुटबल क्लबलाई ७–५ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । यस्तै हिजो सम्पन्न दोश्रो खेलबाट पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सलहेस युवा क्लब सिरहाले सेमिफाइनलमा आफ्नो सिट सुरक्षित गरेको छ । 

यस्तै भोलि हुने क्वार्टरफाईनलको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड फुटबल क्लब झापा भिड्दै छन् । यो खेल समेत निकै नै रोचक हुने दर्शकहरूले अनुमान गरेका छन् । यी दुई टीमबीचेको विजेताले सेमिफाइनलमा सिरहासँगको भेट पक्का गर्नेछ । दोश्रो सेमिफाइनल खेल भदौ ८ गते हुँदैछ । 

भदौ १० गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याच बन्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँसँगै ट्रफी, मेडल प्रदान गरिएको छ । आयोजकले प्रतियोगिताको बिभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद साथै ट्रफीको ब्यवस्था गरेको छ । 

प्रकाशित मिति : 6:39 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ