ताप्लेजुङ गोल्डकप : आज छिमेकी जिल्ला पाँचथरले सलहेस युवा क्लब सिरहाको सामना गर्ने



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करणमा आज छिमेकी जिल्ला पाँचथर फुटबल क्लब र सलहेस युवा क्लब सिरहाबीच प्रतिष्पर्धा हुदैछ ।

दुबैटीम आजको प्रतियोगिताबाट बिजयी हुँदै सेमिफाईनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रबेश गर्दैछन् । आजको खेलमा बिजेता बन्ने टीमले भाद्र ६ गते हुने काठमाडौँ र झापाबीचको बिजेतासँगको भेट पक्का गर्नेछ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माद्यमिक बिद्यालयको प्राङगणमा आयोजित प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा अन्तराष्ट्रिय टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७(५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको बिजेता नगद ५ लाख उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

क्वाटर फाईनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यबस्था गरिएको छ । सेमिफाईनलमा २ सय र फाईनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बाबजुत दर्शकका सुबिधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनहुन आयोजकले आग्रह गरेको छ ।

प्रकाशित मिति : 6:42 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले