ताप्लेजुङ गोल्डकप : भारतलाई पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु भएको छ । भाद्र १० गतेसम्म जारी रहने प्रतियोगितामा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको छ । 

आज भएको उद्‌घाटन खेलमा अन्तराष्ट्रिय टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो ।

विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ । 

 भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुने भएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । 

खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । क्वाटर फाइनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । 

गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बावजुत दर्शकका सुविधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनुहुन आयोजकले आग्रह गरेको छ । 


 

प्रकाशित मिति : 5:33 pm

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते