घट्यो पेट्रोलको मूल्य



नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६२ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५२ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५४ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ पर्नेछ ।

प्रकाशित मिति : 6:57 am

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला