ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा नयाँ अभ्यास, मन्तव्य कटौती 



 ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको दोश्रो संस्करणमा नयाँ अभ्यासको सुरुवात गरिने तय भएको छ । खेल सञ्चालन पूर्व उद्‌घाटन, समापन तथा हरेक दिनको कार्यक्रममा राखिदै आएको नेताहरूको भाषणलाई  यस वर्ष कटौती गरिने भएको हो ।

त्यस्तै प्रमुख तथा विशिष्ट अतिथिको समेत वर्गीकरण नगरी मर्यादा क्रम अनुसार कार्यक्रममा आमन्त्रित अतिथिलाई आसनग्रहण गराइने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङको भनाई छ । उहाँका अनुसार खेल हेर्न आएको दर्शकहरू नेताहरूको भाषणमा भन्दा पनि खेलको सुरुवात कहिले हुन्छ भन्ने पर्खाईमा बस्ने भएकाले यो अभ्यासको सुरु गरिने भएको हो ।

यस्तै एक दिन प्रमुख तथा विशिष्ट अतिथि बनाइएको अतिथिलाई अर्को दिन खेल हेर्न आउन समस्या हुने, नेताहरूले सो कार्यक्रममा बोलेको कुराको भन्दा पनि खेलको नै बढी चर्चा हुने र मन्तव्यलाई जोड्दा खेल ढिला सुरु भई दुबै टिमले बराबरी खेलेमा सिधै खेल ट्राइबेकरमा लानुपर्ने बाध्यता भएका कारणले यी विविध कुराको अन्त्य गर्न भाषणलाई सुन्या बनाउने योजनालाई अघि सारिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:42 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका