तोक्पेगोला भलिबलको उपाधि दमकलाई 



एलिना दियाली 

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला भएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका– १ झापाले जित्न सफल भएको छ । २८ गते भएको फाईनल खेलमा मेरिङदेन–२ सान्थाक्रालाई ३ – २ को सेटमा पराजित गर्दै दमक– १ ले उपाधि जित्न सफल भएको हो । वेस्ट अफ फाइभ अनुसार खेलाइएको खेलमा पहिलो सेट सान्थाक्राले २५–२१ ले जित्न सफल भएको थियो भने दोस्रो सेट दमकले २५– १६ ले जितेको थियो ।

त्यस्तै तेस्रो सेट सान्थाक्राले २६– २४ ले जितेको थियो भने चौथो सेट दमकले २५–१६ ले जिते सँगै खेल पाँचौ सेट तर्फ धकेलिएको थियो । पाँचौ सेटमा दमकले १७ – १५ ले सान्थाक्रालाई पछि पार्दै उपाधी चुम्न सफल भएको हो । उपाधिसँगै दमकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, तिन वर्षे रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सान्थाक्राले ७१ हजार १ सय ११ रुपैयाँ, तिन वर्षे रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

२६ गतेबाट सुरु भएको प्रतियोगिताको उद्‌घाटन खेल मिक्वाखोला ५ आयोजक सेतो र फुङलिङ नगरपालिका ८ बिच भएको थियो । उक्त खेलमा फुङलिङ– ८ आयोजक सेतोलाई २१– २५, २५– २० र २५– १७ गरि २–१ को सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा पाथीभरा याङवरक– १, नाङखोल्याङ आयोजक रातोलाई २५– १० र २५– १४ गरी २– ० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने मेरिङदेन– ६ नाल्बु मिक्वाखोला– ४ साँबालाई २५– २३, २६– २४ गरी २ –० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै फुङलिङ–६ फक्ताङलुङ–६ लेलेपलाई २५–२०,२२– २५ र २५– २० गरी २–१ को सेटमा पराजित क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने हिलिहाङ– १, पाँचथर पाथीभरा याङवरक– ६ थुम्बेदिनलाई १९– २५,२५–८ र २५– १८ गरि २– १ को सेटमा पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै सिदिङ्वा–३ आङ्खोप र सङ्खुवासभा बिचको खेल हुने टाई सिट भएपनि सङ्खुवासभाको भलिबल टोली नआएको पछि आङ्खोप सिधै क्वाटर फाईनलमा प्रवेश गरेको थियो भने मिक्वाखोला–३ लिवाङ र दमक बिच भएको खेलमा दमक लिवाङलाई २५–१८ र २५–१४ गरि २–० को सोझो सेटमा पराजित गर्दे क्वाटर फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै अन्तिम क्वाटर फाईनल खेल सिरिजंघा–५ पेदाङ र सान्थाक्रा बिच भएको थियो भने उक्त खेलमा सान्थाक्रा २५–१३ र २५–१७ गरि २–० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको थियो ।

पहिलो क्वाटर फाईनल खेल नाल्बु र नाङ्खोल्याङ बिच भएको थियो । उक्त खेलमा नाङ्खोल्याङ २५–१८ र २५–११ गरी २–० को सोझो सेटमा नाल्बुलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो क्वाटर फाईनल खेलमा फुङलिङ– ८ फुङलिङ– ६ लाई २६– २८, २५– २२ र ३०– २८ गरी २– १ सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको थियो भने दमक हिलीहाङ लाई २५–१० र २५–२१ गरी २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै सान्थाक्रा २५–२१ र २५–२३ को सोझो सेटमा आङ्खोपलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । त्यस्तै पहिलो सेमिफाईनल खेलमा दमक नाङखोल्याङलाई २५–१४ र २५–२० गरी २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने सान्थाक्रा फुङलिङ–८ लाई २५–२० र २५–२१ गरि २–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा बेस्ट प्लेयर दमकका सुमन राना मगर बन्नु भएको थियो भने उहाँले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको थियो ।

त्यस्तै बेस्ट स्पाईकर सान्थाक्राका सेसेहाङ नाल्बो, वेस्ट ब्लकर दमकका पुकार तामाङ, वेस्ट सेटर दमकका भुवन कटुवाल र वेस्ट सर्भर दमककै ज्वोति प्रकाश मगर बन्नु भएको थियो । उहाँहरुले समान नगद २÷२ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

ताप्लेजुङको पर्यटकीय क्षेत्र मिक्वाखोला गाउँपालिका– ५ तोक्पेगोलामा भएको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १५ वटा टीमको सहभागित रहेको थियो । प्रतियोगिताको प्रथम पुरस्कार अमेरिका निवासी सन्तोष शेर्पाले प्रायोजन गर्नुभएको खेल संयोजक दावा नुपु शेर्पाले जानकारी दिनुभयो ।

सर्वाधिक उचाईमा भएको भलिबल प्रतियोगिता भनेर आयोजकले दाबी गरेको प्रतियोगितामा जिल्ला अस्पताल ताप्लेजुङको स्वास्थ्य टोलीको साथमा भलिबल प्रतियोगिता संचालन गरिएको थियो । खेल राष्ट्रिय रेफ्रि र्थक कुमार चोङबाङ ९दिवस०, प्रादेशिक रेफ्रि अशोक आङबुहाङ, बसन्त कुमार राई र तारा मगरले सञ्चालन गर्नु भएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय रेफ्रि चोङबाङले भलिबल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनुभयो ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार २०:४५

हाङपाङमा आगलागी हुँदा ५ लाखको क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आईतबार राती एक

ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना

ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना

तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो

रेडियो काबेली ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।