आईएमई लाईफ इन्स्योरेन्स शाखा ताप्लेजुङद्वारा पहिरो प्रभावित बालबालिकालाई लत्ताकपडा र शैक्षिक सामग्री प्रदान



ताप्लेजुङ । आईएमई लाईफ इन्स्योरेन्स शाखा ताप्लेजुङले बाढीपहिरोबाट प्रभावित बालबालिकालाई लत्ता कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।  फक्ताङलुङ गाउपालिका -२, खेजेनिमको तिङ्दो, सिबु र खेजेनिम मा.वि. आसपासको क्षेत्रका बाढीपहिरोबाट पूर्ण रुपमा प्रभावित भएका १६ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो । 

कम्पनीको सतौँ वार्षिक उत्सवको अवसरमा आज खेजेनिम माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामग्री बितरण गरिएको शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभएको छ ।

कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भुपेन्द्र चौलागाईँ, खेजेनिम माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बू, प्रधानाध्यापक सन्जय सुब्बा लिम्बूको उपस्थिति रहेको थियो । 

यस्तै कम्पनीको तर्फबाट शाखा कार्यालय प्रमुख सूर्य गुरुङ, एजेन्सी मेनेजरहरू तेन्जिङ शेर्पा, सुमन शेर्पा, बिना लिम्बू र गङ्गा राई सँगै अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थित रहेको थियो । 

साथै बीमा सचेतना कार्यक्रम पनि सम्पन्न भएको शाखा प्रमुख सूर्य गुरुङले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 7:48 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले