पहिरो पीडितलाई भेटेर फर्किदै गरेका मैवाखोलाका अध्यक्ष परे पहिरोमा, भाँगेर ज्यान जोगाउन सफल



ताप्लेजुङ । पहिरो पीडितलाई भेटेर फर्किदै गरेका मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम आफैँ पहिरोमा पर्दा भाँगेर ज्यान जोगाउन सफल भएका छन् । गाउँपालिका-१ ढुङ्गेसाँघुबाट फर्किएका उनको सवारी पहिरोले पुरेको छ । आफू र चालक भने भागेर बाँचेको उनले बताए ।

उनी वडा नं. १ निवासी एकल महिलाको घर पहिरोको जोखिममा परेको सूचना पाएपछि त्यसतर्फ गएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समेत भेला भएर ती महिलालाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि उनी मोटरसाइकलमा गाउँपालिका फर्किदै थिए । त्यहीबेला वडा नं। २ को पञ्चमी भन्ने स्थानमा सडकमा उनीहरु गुडिरहेकै बेला माथिबाट पहिरो खसेको थियो ।

‘हामी मोटर साइकलमा थियौँ, ढुंगाको कारण अगाडि बड्ने ठाउँ नभएपछि म उत्रिएर ढुङ्गा पन्साउन थालेँ,’ वनेमले भने, ‘पन्साउँदा पन्साउँदै माथिबाट पहिरो झर्‍यो । ड्राइभरलाई तानेर तल्लोपट्टि हाम फालेकाले बाँच्न सकियो र पुनर्जन्म पाइयो ।’

माथिबाट झरेको पहरोले मोटरसाइकलमा भने क्षति पुर्‍याएको छ । ekantipur.com

प्रकाशित मिति : 1:19 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले