तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव : मैवाखोलाका प्रकाश लिम्बू भए म्यारथन प्रतियोगितामा प्रथम  



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ५ को तोक्पेगोलामा जारी  तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको अवसरमा सञ्चालन भएको खुल्ला हाफ म्याराथन प्रतियोगितामा मैवाखोला गाउँपालिका वडा नं. ६ का प्रकाश लिम्बू प्रथम हुनु भएको छ । हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको उक्त महोत्सवमा आज विविध खेलकुद सँगै खुल्ला हाफ म्याराथन प्रतियोगिता सञ्चालन भएको हो । 

यस्तै प्रतियोगिताको दोस्रो मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङ्तेपका विया लिम्बू हुनुभएको हाम्रो सहकर्मी एलिना दियालीले जानकारी दिनुभएको छ । फक्ताङलुङ गाउँपालिका लिङखिमका रमेश लिम्बू तेस्रो हुनुभएको छ । म्याराथनका प्रथम, दोस्रो र तेस्रोले क्रमश ३० हजार २० हजार, १० हजार सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ जना धावकले भाग लिएका थिए । 

३ हजार ७ सयको उचाइमा सञ्चालन भइरहेको महोत्सवको समापन भोलि हुने महोत्सव आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवाले जानकारी दिनुभएको छ । महोत्सवमा म्याराथन प्रतियोगिता सँगै पुरुष भलिबल प्रतियोगिता, प्यारासो प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : 1:12 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले