तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव : मैवाखोलाका प्रकाश लिम्बू भए म्यारथन प्रतियोगितामा प्रथम  



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ५ को तोक्पेगोलामा जारी  तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको अवसरमा सञ्चालन भएको खुल्ला हाफ म्याराथन प्रतियोगितामा मैवाखोला गाउँपालिका वडा नं. ६ का प्रकाश लिम्बू प्रथम हुनु भएको छ । हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको उक्त महोत्सवमा आज विविध खेलकुद सँगै खुल्ला हाफ म्याराथन प्रतियोगिता सञ्चालन भएको हो । 

यस्तै प्रतियोगिताको दोस्रो मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङ्तेपका विया लिम्बू हुनुभएको हाम्रो सहकर्मी एलिना दियालीले जानकारी दिनुभएको छ । फक्ताङलुङ गाउँपालिका लिङखिमका रमेश लिम्बू तेस्रो हुनुभएको छ । म्याराथनका प्रथम, दोस्रो र तेस्रोले क्रमश ३० हजार २० हजार, १० हजार सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ जना धावकले भाग लिएका थिए । 

३ हजार ७ सयको उचाइमा सञ्चालन भइरहेको महोत्सवको समापन भोलि हुने महोत्सव आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवाले जानकारी दिनुभएको छ । महोत्सवमा म्याराथन प्रतियोगिता सँगै पुरुष भलिबल प्रतियोगिता, प्यारासो प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति : 1:12 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका