ताप्लेजुङ पर्यटन महोत्सबको ४९ लाख बढी खर्च, बचत १ लाख ७५ हजार



रेडियो काबेली
साउन २१ गते । ताप्लेजुङ पर्यटन महोत्सवको बचत १ लाख ७५ हजार रुपैँया भएको छ । गत जेठ ३ देखि ७ गतेसम्म सम्पन्न ताप्लेजुङ पर्यटन महोत्सवको सोमबार पत्रकार सम्मेलत गर्दै आय व्यय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा महोत्सवमा ४९ लाख २७ हजार ४ सय रुपैयाँ खर्च भएकोमा १ लाख ७५ हजार रुपैँया बचत भएको महोत्सव आयोजक समितीले जनाएको छ ।

महोत्सव समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमूख छिरीङ लामाले उक्त खर्च मेयर कप पुरुष भलिबल र नेपाल घरेलु तथा साना उद्योग महासँघ वाहेकको खर्च भएको बताउनुभयो ।

पुरुष तथा महिला हाफ म्याराथन पुरस्कारमा मात्र ५ लाख ४६ हजार ६ सय ६७ रुपैयाँ खर्च भएको छ भने म्याराथन व्यवस्थापनतर्फ २ लाख ५० हजार २ सय ६८ रुपैयाँ खर्च भएको छ । परियोजना प्रस्ताव,चिठी,मायाको चिनो,प्रमाण पत्र तथा छपाईमा २ लाख ७६ हजार ८ सय ८९ रुपैयाँ खर्च भएको छ ।

महोत्सवमा मञ्च व्यवस्थापन र साउन्ड सिस्टममा १० लाख १५ हजार ८ सय ७० रुपैयाँ खर्च भएको छ । यसैगरि सास्कृतिक कार्यक्रमतर्फ कलाकार पारिश्रामिक,प्रस्तुती,यातायात र होटल बास खर्चवापत ५ लाख ७० हजार २ सय ४७ रुपैयाँ खर्च भएको छ । स्टल व्यवस्थापन,खाद्य परिकार र कार्यक्रमस्थलको जग्गा भाडातर्फ २ लाख १८ हजार ९ सय ८५ रुपैयाँ खर्च भएको छ ।

डिजाइन तथा फेलेक्स प्रिन्टमा १ लाख ८४ हजार ६ सय ७६ रुपैयाँ खर्च भएको छ । साईकिलिङ व्यवस्थापनतर्फ सान्तवनासहित १ लाख २६ हजार ४ सय ५० रुपैयाँ खर्च भएको छ । स्वागतद्धार निर्माण १ लाख १५ हजार २ सय ६० रुपैयाँ खर्च भएको छ ।

मठ मन्दिर तथा माङ्हिममा पुजाका लागि १ लाख २ हजार ४ सय ४५ रुपैयाँ खर्च भएको छ । छायाङकन तथा फोटो प्रदर्शनीमा १ लाख ६ हजार खर्च गरेको छ । अतिथि स्वागत तथा सत्कारतर्फ १ लाख ८२ हजार ९५ रुपैयाँ खर्च भएको छ ।

सुरुदेखि अन्त्यसम्मको अवधिको खाना,खाजा,चिया तथा छलफलमा १ लाख ५३ हजार ३ सय ५५ रुपैयाँ ,महोत्सव प्रचार प्रसारमा ९९ हजार ७ सय २० रुपैयाँ, यातायात व्यवस्थापनमा ८५ हजार ३ सय ३६ रुपैयाँ र डोको क्यारी रनतर्फ सान्तवनासहित ७९ हजार २ सय ७५ रुपैयाँ खर्च भएको छ ।

अन्तर गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगीतामा ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार ५ सय, औद्योगिक तथा कृषि प्रदर्शनीमा ३९ हजार ९ सय खर्च भएको छ । पर्यटकीय क्षेत्र भ्रमण तथा अवलोकनमा २७ हजार ९ सय रुपैयाँ, स्यंमसेवक परिचालन र कामदारतर्फ ४१ हजार ६ सय ७५ रुपैयाँ, साहित्य कार्यक्रमतर्फ १८ हजार ५ सय ५० रुपैयाँ र चौरी प्रदर्शनमा १० हजार खर्च भएको छ ।

सरसफाई व्यवस्थापनमा ७ हजार ४ सय २० रुपैयाँ र पुरस्कार व्यवस्थापनतर्फ ३ हजार २ सय ७५ रुपैयाँ, महोत्सव संञ्चालनका लागि पाथीभरा क्षेत्र विकास समितिले १९ लाख ७० हजार प्रदान गरेको थियो ।

पाथीभरा केबलकार प्रालिले १० लाख,फुङलिङ नगरपालिका ६ लाख,स्पार्क हाइड्रोपावर कम्पनीले ३ लाख, जिल्ला स्थित निर्माणाधिन हाइड्रोपावर कम्पनीबाट ५ लाख,सानिमा मिडिल तमोरबाट १ लाख,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बद्र्धन समितिले १ लाख,मिक्वाखोला गाउँपालिका १ लाख,ताप्लेजुङ भेनियर सँघले ९० हजार,गोर्खा व्रुअरी प्रालि ५० हजार,धावक इन्ट्री फि ३२ हजार ५ सय र सिद्धार्थ बैंकले ८ हजार ५ सय रुपैयाँ प्रदान गरेको थियो ।

महोत्सवको कर कार्यालय पाँचथरमा ७५ हजार रुपैयाँ धरौटी रकम रहेको प्रमूख लामाले बताए । करदाता सेवा कार्यालय पाँचथरमा पान नम्बर बन्द गर्नका लागि लेखापरिक्षण,यातायात र भइपरि आउने शिर्षकमा १ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रमूख लामाले भने,‘बचत गरेको १ लाख र धरौटीमा रहेको ७५ हजार छ ।

यी रकम सबै काम सक्दा बचत भएको खण्डमा सार्वजनिक गर्छौ ।’ संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गत पर्यटन बोर्डबाट १५ लाख रुपैयाँ प्राप्त नभएको प्रमूख लामाले जानकारी दिए । महोत्सव २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म सदरमुकामस्थित हुलाक लाइनमा भएको थियो । यसबैबिच महोत्सवमा मेयरकप भलिबलमा २० लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासँघले ९ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १३:४१

ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना

ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना

तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो

रेडियो काबेली ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।

शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्दै

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे