कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने




काठमाडौँ । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ ।

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ ।

सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।

एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् ।

प्रकाशित मिति : 10:25 am

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट