ताप्लेजुङमा एक महिने शेर्पा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । एक महिने शेर्पा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शेर्पा सङ्घ जिल्ला कार्य समितिको आयोजनामा गत असार १८ गतेदेखि सुरु भएको उक्त भाषा प्रशिक्षण आज सम्पन्न भएको हो । 

भाषा प्रशिक्षणमा १८ जना प्रशिक्षार्थीहरूले प्रशिक्षण लिएको नेपाल शेर्पा सङ्घ जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष पासाङ रिता शेर्पाले जानकारी दिनुभएको छ । तालिमको प्रशिक्षण सङ्घका संस्थापक अध्यक्ष मात्रिका शेर्पाले गर्नुभएको थियो । 

एक महिने भाषा प्रशिक्षण फुङलिङ नगरपालिका वडा नं. २ मा रहेको आदिवासी जनजातिको भवनमा सञ्चालन भएको थियो भने समापन कार्यक्रम होटल पाथिभरामा भएको हो । 

भाषा प्रशिक्षणमा सहभागी बुधमाया तामाङले आफू यस अघि आफ्नो भाषा बोल्न जाने भए पनि लेख्न नजान्ने भएकोले उक्त एक महिने तालिमबाट लेख्न जान्ने हुनका साथै संस्कार, संस्कृति समेत सिक्ने अवसर पाएको बताउँनु भएको छ । यस अवसरका लागि उहाँले नेपाल शेर्पा सङ्घलाई धन्यबाद दिनुभएको छ । सम्पोटा लिपि विषेश गरि शेर्पा गुरुङ र तामाङले पढ्ने गर्दछन् ।

अहिले जिल्लाको ६ वटा स्थानीय तहमा आफ्नो भाष सम्पोटा लिपि पढाई भइरहेको अध्यक्ष पासाङ रिता शेर्पाले जानकारी दिनुभएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १२:०७

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट