ताप्लेजुङमा एक महिने शेर्पा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । एक महिने शेर्पा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शेर्पा सङ्घ जिल्ला कार्य समितिको आयोजनामा गत असार १८ गतेदेखि सुरु भएको उक्त भाषा प्रशिक्षण आज सम्पन्न भएको हो । 

भाषा प्रशिक्षणमा १८ जना प्रशिक्षार्थीहरूले प्रशिक्षण लिएको नेपाल शेर्पा सङ्घ जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष पासाङ रिता शेर्पाले जानकारी दिनुभएको छ । तालिमको प्रशिक्षण सङ्घका संस्थापक अध्यक्ष मात्रिका शेर्पाले गर्नुभएको थियो । 

एक महिने भाषा प्रशिक्षण फुङलिङ नगरपालिका वडा नं. २ मा रहेको आदिवासी जनजातिको भवनमा सञ्चालन भएको थियो भने समापन कार्यक्रम होटल पाथिभरामा भएको हो । 

भाषा प्रशिक्षणमा सहभागी बुधमाया तामाङले आफू यस अघि आफ्नो भाषा बोल्न जाने भए पनि लेख्न नजान्ने भएकोले उक्त एक महिने तालिमबाट लेख्न जान्ने हुनका साथै संस्कार, संस्कृति समेत सिक्ने अवसर पाएको बताउँनु भएको छ । यस अवसरका लागि उहाँले नेपाल शेर्पा सङ्घलाई धन्यबाद दिनुभएको छ । सम्पोटा लिपि विषेश गरि शेर्पा गुरुङ र तामाङले पढ्ने गर्दछन् ।

अहिले जिल्लाको ६ वटा स्थानीय तहमा आफ्नो भाष सम्पोटा लिपि पढाई भइरहेको अध्यक्ष पासाङ रिता शेर्पाले जानकारी दिनुभएको छ । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

प्रकाशित मिति : 12:07 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित