सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित



ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक र अभिभावकलाई फाउन्डेनले सम्मान गरेको हो ।

सदरमुकाम फुङ्लिङमा शनिबार कार्यक्रमको आयोजना गरी सामर्थय फाउन्डेसनले विद्यार्थी, शिक्षक र अधिभावकलाई नगदसहित सम्मान गरेको हो । सामथ्र्य फाउन्डेसनका कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार ५१ जना विद्यार्थी, नौ जना शिक्षक, दुई जना अभिभावक सम्मानित भएका छन् ।

फाउन्डेसनको कार्यक्षेत्र रहेको जिल्लाको हिमाली दुर्गम क्षेत्र फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयका आधारभूत र माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई जनही दुई हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम प्रवन्धक पन्तले जानकारी दिनुभयो ।

यस्तै उत्कृष्ट शिक्षकका रुपमा बालविकास सहजकर्ता ९बाल शिक्षिका० विमला माबो लिम्बू, शिक्षक हरिप्रसाद घिमिरे, देवीमाया बराल, योगेन्द्र चुडाल, मङ्गलहाङ लिम्बू, सञ्जयकुमार राम, मुना केदेम लिम्बू सम्मानित हुनुभएको छ । स्रोत शिक्षकका रुपमा दिप्सन परियार र छत्रबहादुर शाही पुरस्कृत हुनुभएको पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मानित शिक्षकलाई सम्मानपत्र र जनही पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ । यसैगरी अभिभावक अर्थात विद्यालय व्यवस्थापन समिति पदाधिकारीतर्फ उत्कृष्ट भूमिका निर्वाह गरेकोमा महेन्द्रनाथ लिम्बू र सोमबहादुर राई सम्मानित हुनुभएको छ । सम्मानित अभिभावद्वय लिम्बू र राईलाई पनि सम्मानपत्र र जनही पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

यस्तै विद्यालयतर्फ उत्कृष्ट विद्यालयको रुपमा खेजेनिम माध्यमिक विद्यालय, भक्त आधारभूत विद्यालय, सरस्वती च्यारिबुक माध्यमिक विद्यालय पुरस्कृत भएका छन् । उत्कृष्ट विद्यालयलाई सम्मानपत्र र ३५ हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

त्यसैगरी सबोत्कृष्ट विद्यालयका रुपमा रानी आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालय तापेथोक पुरस्कृत भएका छन् । सबोत्कृष्ट उक्त दुई विद्यालयलाई ५० हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सर्वोत्कृट नतिजा ल्याउन सफल सुनदेवी माध्यमिक विद्यालय इखाबुलाई पनि नगद ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।

यता पुरस्कृत विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयहरुलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति०, शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, सामर्थय फाउन्डेसनका कार्यक्रम प्रवन्धक पन्त लगायतले सम्मान र नगद पुरस्कार वितरण गर्नुभएको थियो । सम्मानित शिक्षक तथा अभिभावकलाई दोसल्लासमेत ओढाइएको सामर्थय फाउन्डेसनका आर्थिक तथा वित्त प्रमुख तेजप्रकाश उपाध्यायले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय संस्था हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा सामर्थय फाउन्डेसनले फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका ५१ वटा भन्दा बढी सामुदायिक विद्यालयमा सिकाइ उपलब्धी प्रवर्धनसहित शिक्षा विकासमा केन्द्रित रहेर काम गर्दै आएको छ ।

गत वर्षसम्म ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रिड० नेपालको नाम र पछिल्लो एकवर्ष यतादेखि सामर्थय फाउन्डेसनको नामबाट शैक्षिक विकास र प्रवर्धनका कार्यहरु गर्दै कार्यक्रम प्रवन्धक पन्तले बताउनुभयो ।

प्रकाशित मिति : 6:00 am

सामर्थय फाउन्डेसनद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावक सम्मानित

ताप्लेजुङ, असार १४ गते । सामर्थय फाउन्डेसनले ताप्लेजुङमा उत्कृष्ट विद्यार्थी,

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२