ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण



ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । दौँतरी नेपालको सहयोगमा ताप्लेजुङ विकास मञ्चले जेहनदार विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । 

मञ्चका अध्यक्ष सन्तोष प्रसाईँका अनुसार ताप्लेजुङका ६ ओटा विद्यालयका शोधार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको  छ । उहाँका अनुसार छ ओटा विद्यालयका दुई सय ३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा दौँतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितको उपस्थितिमा सामाग्री वितरण गरिएको अध्यक्ष प्रसाईको भनाइ छ । 

मञ्चका अनुसार सिरिजङ्घा गाउँपालिका १ का भगवती आधारभुत विद्यालय, सिद्देश्वरी मावि डुम्रिसे, महेन्द्र आबि खेबाङ, सुर्यदेवी माबि मेरिङदेन, तुलसी आधारभुत विद्यालय फुक्ताङलुङ र भगवती आधारभुत विद्यालय फक्ताङलुङका  विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो। 

विगत ७ वर्ष अगाडि देखि निरन्तर दौँतरीको सहयोगमा मञ्चले शैक्षिक सामाग्री बितरण गरिरहेको छ । सुरुवात चरणमा १ सय ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको थियो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको मञ्चले जनाएको छ । 

मञ्चले प्रत्येक विद्यार्थीलाई ट्रयाक सुट झोला जुत्ता अभ्यास पुस्तिका सिसा कलम बितरण गरेको छ ।

प्रकाशित मिति : 10:07 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था