मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण



ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरूको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक प्रोत्साहन भत्ता वितरण गरेको छ । गाउँपालिकाको महिला विकास शाखाको सहजिकरणमा आयोजित कार्यक्रममा १८ वर्षमुनिका २५ जना बालबालिकालाई मासिक एक हजार रुपैयाँका दरले शैक्षिक प्रोत्साहन भत्ता प्रदान गरिएको हो । 

भत्ता वितरण कार्यक्रममार्फत बालबालिकाको शैक्षिक निरन्तरता सुनिश्चित गर्न तथा आर्थिक अभावका कारण पढाइमा बाधा नपरोस् भन्ने उद्देश्य राखिएको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रोत्साहन भत्ता मेरिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुर अधिकारीले वितरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै उहाँले बालबालिकाको शिक्षा, संरक्षण र उज्ज्वल भविष्यका लागि स्थानीय तहको यस्तो पहल महत्वपूर्ण रहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष यूक हाङवीर हाङगाम (डम्बर) ले आफ्नो कार्यकालको सुरुवातदेखि नै यस कार्यक्रमलाई प्राथमिकतामा राखेर निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार आमा–बाबु गुमाएका तथा विशेष संरक्षण आवश्यक बालबालिकाको शिक्षा र जीवनस्तर सुधारका लागि गाउँपालिका प्रतिबद्ध रहेको छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०८३-०८४ को बजेट तथा कार्यक्रममा समेत शैक्षिक प्रोत्साहन भत्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । यस कार्यक्रमले विपन्न तथा संरक्षण आवश्यक बालबालिकालाई विद्यालय शिक्षामा टिकाइ राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : 10:20 pm

पत्रकार पन्दाक पुरस्कृत

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङका पत्रकार तथा गोरखापत्र दैनिकका

१२ बोरे बन्दुकसहित युवक पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङमा १२ बोरे बन्दुकसहित एक

उन्टर तोडफोड गरी नगद चोरी गर्ने व्यक्ति पक्राउ

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडास्थित बसपार्कमा

आठराई त्रिवेणीमा सम्पन्न निःशुल्क दन्त शिविरबाट दुई सय ५६ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा सम्पन्न

फुङ्लिङ बजारमा एकतर्फी यातायात प्रणाली लागू

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फुङ्लिङ बजारमा चारपाङ्ग्रे सवारीसाधनका