बढ्यो ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि, आठ क्लबलाई समावेश गराइने



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण भाद्र ३ गतेदेखि सञ्चालन हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले मङ्गलबार फुङलिङस्थित सामुदायिक भवन (सिटी हल) मा पत्रकार सम्मेलनको आयोजन गर्दै प्रतियोगिता आगामी भाद्र ३ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । 

भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा करिब एक शातासम्म सञ्चालन हुने खेलमा जिल्लाका एक सहित प्रतिष्ठित आठ ओटा क्लबलाई समावेश गराइने समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सङ्घर्ष स्पोर्टिङ उकालीपानी ताप्लेजुङ, वाइवाई पाँचथर फुटबल क्लब, सगरमाथा स्पोर्टिङ क्बल मोरङ, सलहेश युथ क्बल सिराहा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र बुटवल लुम्बिनी एफसिले गोल्ड कपमा सहभागिता जनाउने भएका छन् । यस्तै झापाको टिम र भारतको टिमसँग समन्वय भइरहेको छ ।

ती क्षेत्रका अधिकांश टिमले गोल्डकपमा सहभागिता जनाउन इच्छा देखाएकाले कसलाई खेलमा समावेश गराउने भन्नेबारे केही दिनपछि टुङगो लाग्ने समितिको भनाई छ । लाखेजात्रा पर्वको अवसरमा बि. सं. २०२९ सालदेखि औपचारिक रुपमा सुरु भएको प्रतियोगिता विभिन्न नाम संचालन हुँदै आइरहेको छ । कोरोना सङ्क्रमणका कारण ३ वर्षसम्म खेल स्थगित भएको थियो । त्यसपश्चात् खेललाई ताप्लेजुङ गोल्ड कप नाम दिएर खेलाउन सुरु गरिएको छ । 

 पुरस्कार राशि वृद्धि
ताप्लेजुङ गोल्डकपको विजेताले प्राप्त गर्ने पुरस्कार राशि समेत वृद्धि गरिएको छ । समितिका अनुसार यसवर्षको विजेताले नगद ५ लाख ५ सय ५५ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । गत वर्षको तुलनामा विजेताको नगद राशि २ लाख ६१ हजार र उपविजेताको १ लाख रुपैयाँ वृद्धि गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । 

त्यस्तै खेल अवधिभरका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र कोचलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत नगद ५ हजार रुपैयाँ उपलब्ध गराउने समितिको भनाई छ । 

प्रवेश शुल्क निर्धारण 
समितिले खेल अवलोकनकर्ताका लागि प्रवेश शुल्क समेत निर्धारण गरेको छ ।  प्रमुख आम्दानी नै टिकट बिक्रीलाई मानेको समितिले टिकट दर ३ ओटा वर्गमा निर्धारण गरेको छ । 

क्वाटर फाईनल खेलका लागि रु १००, सेमिफाईनलका लागि २०० र फाईनल खेलका लागि २ सय ५० रुपैयाँ टिकर दर निर्धारण गरिएको छ । टिकटबाट प्रत्येक दिन संकलन भएको रकमलाई सोही दिन साँझ ताप्लेजुङ गोल्डकपको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गर्ने तयारी रहेको छ । 

गत वर्ष टिकट बिक्रीबाट समितिले झण्डै १९ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष दर्शकले टिकट काटेर पनि ठाउँ अभाबका कारण प्याराफिटमा बसेर खेल हेर्न नपाएको गुनासोलाई सम्बोधन गर्न प्याराफिटको क्षमतालाई बढाउने तयारी रहेको छ । हरेक दिन टिकट काट्नेलाई गोलाप्रथाको माद्यमबाट मोबाईल सेट समेत उपलब्ध गराईने बताइएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ११:२८

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको

रिडद्वारा एसईईमा सत प्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल विद्यालय पुरस्कृत

ताप्लेजुङ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले माध्यमिक

पहिलो पटक एसईईमा सहभागि बनेको श्री साङक देछ्योलिङ गोन्पाले ल्यायो उत्कृष्ट नतिजा

ताप्लेजुङ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि

मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष साँवाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूको