खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय



पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ। विवाद र अन्योलताबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो।

दर्शकको उपद्रोबीच खेल सकिएको दुई घण्टापछि खाली रंगशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो। समूह बी को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुंगेको मानिएको थियो। २-१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए।

तर त्यो गोललाई भीएआरले मान्यता दिएन। त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो। केही दर्शक मैदानमा प्रवेश गरेका थिए। त्यस स्थितिमा रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छाडिसकेका थिए। तर रेफ्रीले खेल सकिएको संकेतमा ह्विसल भने बजाएका थिएनन्।

यस्तोमा खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो। बुधबारनै भएका अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५–० ले हरायो।

यस्तै समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले हरायो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले। यस्तै इराकले युक्रेनलाई २–१ ले हरायो।

प्रकाशित मिति : 1:15 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले