पाथीभरा मन्दिरको आम्दानी ४ करोड ८७ लाख, २ लाख ३१ हजार बढी आए तीर्थयात्री



ताप्लेजुङ । प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरबाट ४ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ४ करोड ८७ लाख ६ सय ७६ रुपैयाँ आम्दानी भएको हो ।  

पाथीभरा क्षेत्र विकास समितिले मङ्गलबार आयव्यय सार्वजनिक गर्दै भेटी, दान चन्दा, सिक्का सटही, भारु सटही डलर सटही, भारु सटही लगायतबाट ४ करोड ८७ लाख ६ सय ७६ रुपैयाँ आम्दानी जम्मा गरिएको जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपैयाँ भेटी, १२ लाख ६५ हजार ३ सय ८५ रुपैयाँ दान तथा चन्दा, १२ लाख ४१ हजार ५ सय रुपैयाँ सिक्का सटही, १३ लाख ९२ हजार भारु सटही, ६३ हजार ६५० रुपैयाँ डलर सटही, अन्य आय र धरौटीबाट २ लाख ९७ हजार १ सय र बैँक ब्याजमार्फत ४६ लाख १० हजार ३ सय ४३ रुपैयाँ १५ पैसा गरि कुल ४ करोड ८७ लाख बढी रकम गत आर्थिक वर्षमा जम्मा भएको हो । 

आर्थिक वर्ष २०७९/०८० मा ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ जम्मा गरेको समितिले यस वर्ष झण्ड ५ करोड आम्दानी गरेको छ । गत आर्थिक वर्षका तुलनामा यस वर्ष समितिले १ करोड ६७ लाख ८३ हजार बढी आम्दानी गरेको कार्यकारी निर्देशक हाङबाङले जानकारी दिनुभयो । उहाँ अनुसार भेटीमार्फत साउन, भदौ, असोज कात्तिक र मंसिरमा १ करोड ६ लाख ४६ हजार १ सय ७२ रुपैयाँ भेटी संकलन भएको छ ।

त्यसश्चात समितिले हरेक महिनाको मसान्तमा भेटीघाटीको विवरण सार्वजनिक गर्दै आएको थियो । पुषमा ३५ लाख २९ हजार, माघमा २४ लाख १ हजार ५ सय रुपैयाँ, फागुनमा ५५ लाख ७० हजार ८ सय ८० रुपैयाँ र सबैभन्दा बढी चैत्रमा ७५ लाख ७ हजार १ सय ५० रुपैयाँ भेटी संकलन जम्मा भएको छ । वैशाखमा ६९ हजार ३२ लाख ४ सय, जेठमा १५ लाख ६५ हजार ९ सय ५६ र असारमा १६ लाख ८८ हजार ९ सय रुपैयाँ नगद भेटी बापत जम्मा गरिएको कार्यकारी निर्देश हाङबाङले जानकारी दिनुभयो ।

साढे ४ करोड बढी खर्च
झण्डै ५ करोड रुपैयाँ आम्दानी गरेको समितिले बिभिन्न शीर्षकमा साढे ४ करोड बढी खर्च गरेको छ । समितिले चालुतर्फ विभिन्न शीर्षकमा १ करोड ६२ लाख ५९ हजार २ सय ८७ रुपैयाँ ६४ पैसा खर्चको गरेको छ । 

समितिले सेवा करार ज्यालादारीमा ८४ लाख ९४ हजार ६ सय २८, सुरक्षाकर्मी खाजा तर्फ ५ लाख ३१ हजार, कार्यालय सञ्चालनमा ६ लाख ६० हजार ४ सय ५ रुपैयाँ, बैठक भत्तातर्फ २ लाख १५ हजार १ सय २० रुपैयाँ खर्च गरेको छ । यस्तै माथिल्लो फेदिदेखि सदरमुकामसम्म भेटीघाटी लगायतको सामाग्री ढुवानी तथा व्यवस्थापनतर्फ ५ लाख ९० हजार ७० रुपैयाँ, फर्निचर मसिनरी उपकरणमा ११ लाख ९३ हजार ९ सय १ रुपैयाँ, परामर्श सेवामा ६ लाख ९७ हजार ९ सय ३४, मर्मत सम्भारमा १ लाख ८४ हजार ८ सय ६८ रुपैयाँ र औषधी खरिदमा १९ हजार ५० रुपैयाँ खर्च भएको समितिले सार्वजनिक गरेका विवरणमा उल्लेख छ । 

समितिले सीसी क्यामेरा जडानका लागि १ लाख २० हजार, सञ्चार माध्यमम्ँ सूचना तथा कार्यक्रम प्रसारणबाट २ लाख ८१ हजार ५ सय, ताप्लेजुङ पर्यटन महोत्सवका लागि २० लाख रुपैयाँ, पाथीभरामा सर्वपक्षीय अनुगमनका लागि ३ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ, मन्दिर परिसरमा समन्वय समितिको बैठकका लागि १ लाख ९५ हजार, आक्श्मिक उद्धारतर्फ २३ हजार ८ सय रुपैयाँ र विविधतर्फ २ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । बैङ्क ब्याजतर्फ ३ लाख ८३ हजार ४ सय ४२ रुपैयाँ रकम कटौती भएको समेत समितिले जनाएको छ । त्यस्तै विविधतर्फ करोड ३ करोड ४ लाख ६० हजार ६ सय रुपैयाँ खर्चको गरेको छ । चालु र पूँजीगततर्फ गरि समितिको ४ करोड ६७ लाख १९ हजार ८ सय ८७ रुपैयाँ खर्च भएको छ । 

७ करोड ९३ लाख ८७ हजार ३ सय १५ रुपैयाँ गत अल्या सहित १२ करोड ८० लाख ९९ हजार २ सय ६५१ रुपैयाँ आम्दानी बाँधेको समितिले ४ करोड ६७ लाख बढी खर्च गरि हाल ८ करोड १३ लाख ७९ हजार ३ सय ६३ रुपैयाँ ७३ पैसा बैँक मौज्दात राखेको छ ।

सङ्घीय अनुदानतर्फ ५२ लाख बढी बैँक मौज्दात
गत वर्षको अल्या ५२ लाख ५७ हजार ९८९ रुपैयाँ रहेको समितिले ८५ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । १ लाख ४४ हजार ५ सय १६ रुपैयाँ बैँकबाट ब्याज भएको समितिले जनाएको छ । अनुदानमार्फत प्राप्त रकमलाई चालु र पूँजीगततर्फ विभिन्न शीर्षकमा गरि ८६ लाख ७१ हजार २ सय ७० रुपैयाँ खर्च गरेको छ । यसतर्फ समितिसँग हाल ५२ लाख ३१ हजार ७ सय ४० रुपैयाँ बैँक मौज्दात रहेको छ । 

२ लाख ३१ हजार बढी तीर्थयात्री आए 
पाथीभरा मन्दिरमा एक आर्थिक वर्षमा २ लाख ३१ हजार बढी तीर्थयात्री दर्शनका लागि आएका छन् । गत साउनदेखि असार मसान्त सम्ममा २ लाख ३१ हजार ३ सय ३४ जना दर्शनार्थी मन्दिर पुगेको तथ्याङ्क समितिले जनाएको छ । सबैभन्दा बढी चैत्रमा ५२ हजार ८ सय ४ र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना तीर्थयात्री मन्दिर आएको बताइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १३:४७

ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई

प्रहरी निरीक्षक बिवेक बस्नेत बने असोज महिनाको उत्कृष्ट प्रहरी

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने ताप्लेजुङका प्रहरी कर्मचारी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ६९ औं प्रहरी

ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा महिलालाई धम्की दिई जबरजस्ती करणी गर्ने एक

पाथिभरामा दर्शनार्थीको चाप बढ्न थाल्यो, आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगे

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा आज