तीन दिनको अवधिमा सर्पको टोकाइबाट ताप्लेजुङमा ३ घाइते



ताप्लेजुङ । ताप्लेजुङमा लगातार ३ दिनको अवधिमा सर्पले डस्दा ३ जना घाइते भएका छन् । गत साउन ४ देखि ६ गते ताप्लेजुङका बिभिन्न स्थानका ३ जनालाई सर्पले डस्दा घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार साउन ४ गते पाथीभरा याङवरका गाउँपालिका १ नाङखोल्याङका ५२ वर्षीय भिमबहादुर राईलाई सर्पले डसेको थियो । राईलाई घर नजिकैको बारीमा काम सकेर घर फर्कने क्रममा दाहिने खुट्टामा डसेको प्रहरीको भनाई छ । राईलाई साउन ५ गते जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई सामान्य उपचार पछि थप उपचारका लागि सर्पदंश उपचार केन्द्र आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको छ ।

यस्तै साउन ५ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ थिङलाबुमा एक बृद्धालाई सर्पले डसेको छ । घर आँगनमा उम्रिएको झार उखेल्ने क्रममा गुर्बे सर्पले डस्ता ८२ वर्षीया फुलमाया लिम्बु घाइते भएका हुन् । सर्पले लिम्बूको बाँया हातको माझी औँलामा डसेको थियो । उहाँलाई हिजो जिल्ला अस्पतालमा ल्याई उपचार जारी राखिएको छ ।

साउन ६ गते जिल्लाको फुङलिङ नगरपालिका १० फुरुम्बुमा सर्पले नै डसेर एक युवती घाईते भएका छन् । घर छेउको बारीमा घाँस काट्ने क्रममा सर्पले डस्दा २४ वर्षीया सृजना राई घाइते भएको प्रहरीले बताएको छ । सर्पले राईको टाउकोको भागमा टोकेको बताइएको छ । राईको पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि सर्पदंश उपचार आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको प्रहरीले जनाएको छ ।

गर्मीयाम सुरुसँगै ताप्लेजुङमा सर्पले डसेका घटनाहरु वृद्धि हुने क्रममा रहेका छन् । जिल्लामै सर्पदंश उपचार केन्द्र नभएकाले यहाँका बिरामीहरु उचार गर्न झापा जान बाध्य भएका छन् ।

प्रकाशित मिति : 3:57 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले