ताप्लेजुङमा प्रहरीद्धारा सालकको उद्धार, बुझाइयो वन कर्मचारीलाई



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बन्यजन्तु सालकको उद्धार गरेको छ । सोमबार राति करिब साढे ११ बजेको समयमा फुङलिङ नगरपालिका ७ को ऐश्वर्य चोकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।

स्थानीयबाट सालक फेला परेको खबर पाउन साथ प्रहरीको टोली खटाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएको सालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सुरक्षित राखि मंगलबार (आज बिहान )बनका कर्मचारीलाई जिम्मा लगाइएको छ ।

पाथीभरा सब–डिभिजन बन कार्यालय ताप्लेजुङका कर्मचारी (फरेष्टर) फुपुग्याबु शेर्पा र अम्बिका बिष्टलाई उद्धार गरिएको सालक बुझाइएको प्रहरी निरीक्षक लुङगेलीको भनाई छ ।

प्रकाशित मिति : 3:50 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश