समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न




ताप्लेजुङ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा अवस्थित श्री चण्डेश्वर महादेव धाम साथै ठिशोङ्ग बौद्ध गुम्बा परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।


“हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ नेपाल प्रहरीले समुदायमा विभिन्न काम गर्दै आएको छ । उक्त कार्यक्रम अन्तरगत नै जिल्ला प्रहरी कार्याल ताप्लेजुङका प्रहरी नायब निरीक्षक पदम सुन्दर लिम्बुको कमाण्डमा २१ जना प्रहरी र स्थानीयको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 7:39 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका