समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न




ताप्लेजुङ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले समुदाय प्रहरी साभेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवामा अवस्थित श्री चण्डेश्वर महादेव धाम साथै ठिशोङ्ग बौद्ध गुम्बा परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।


“हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ नेपाल प्रहरीले समुदायमा विभिन्न काम गर्दै आएको छ । उक्त कार्यक्रम अन्तरगत नै जिल्ला प्रहरी कार्याल ताप्लेजुङका प्रहरी नायब निरीक्षक पदम सुन्दर लिम्बुको कमाण्डमा २१ जना प्रहरी र स्थानीयको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ०७:३९

मैवाखोला गाउँपालिकाका १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १५ जनालाई उद्यमशीलता विकास सम्बन्धी

फुङलिङ नगरपालिका शुक्रबार शोक बिदा दिने 

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रबार भोलि शोक बिदा दिने

मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई

५ हजार ७ सयले बढ्यो सुनको मूल्य

 ताप्लेजुङ । सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन