फक्ताङलुङद्धारा प्रकोप व्यवस्थापन कोषको आयव्यय सार्वजनिक




ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषको हालसम्मको आयव्यय सार्वजनिक गरेको छ । प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्न स्थापना गरेको कोषको हालसम्मको आयव्यय सार्वजनिक गरिएको सूचना अधिकारी जय रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म प्रकोप व्यवस्थापन कोष खाता, फक्तालुङमा गाउँपालिकाबाट विनियोजित १४ लाख ६१ हजार ४ सय २८ रुपैयाँ ८३ पैसा र विभिन्न दाताहरूबाट ८८ हजार ५ सय ४८ रुपैयाँ गरि कुल जम्मा १५ लाख ४९ हजार ९ सय ७६ रुपैयाँ ८३ पैसा सङ्कलन भएको छ ।  सङ्कलन भएको रकमबाट रु ७ लाख २२ हजार ५ सय २० रुपैयाँको राहत सामाग्री खरिद गरेर अब बाँकी ८ लाख २७ हजार ४ सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

उक्त खरिद गरिएको सामाग्री पालिका भित्र बाढीपहिरो, डुबान आदीका कारण विस्थापित एवम् क्षति भएका घर परिवारलाई सहयोग गर्ने सूचना अधिकारी रिजालले जानकारी दिनुभयो । आयव्यय सार्वजनिक गर्ने गाउँपालिकाको प्रतिवद्धता अनुसार हिसाबलाई पारदर्शी बनाउन आयव्यय सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ। विगतका दिनमा सहयोगी हातबाट प्राप्त सहयोग कतिपय अवस्थामा वास्तविक पीडित सम्म नपुगेकोले वास्तविक पीडितसम्म सहयोग पु¥याउने उद्देश्यले उक्त कोषको स्थापना गरिएको जनाउँदै सहयोग गर्न चाहने सङ्घसंस्था, देश तथा विदेशमा रहने सहयोगहीरुलाई गाउँपालिकाले आधिकारिक रुपमा ल्याएको प्रकोप कोषमा जम्मा गरिदिन अनुरोध गरेको छ ।

सहयोगको लागि पालिकाले प्रकोप व्यवस्थापन कोष खाता ग्लोबल आइएमई बैक फक्ताङलुङ शाखाको २६६०४० १००००००६ खाता नम्बर तथा क्यूआर कोड पनि यस अघि नै विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । सङ्कलित सहयोग स्थानीय सरकार मार्फत वास्तविक प्रकोप प्रभावित पीडितलाई पहिचान गरी हस्तान्तरण गर्ने, सहयोगीहरूले आफूले सहयोग गरेको विवरण सार्वजनिक गर्न चाहेमा गाउँपालिका, गाउँपालिकाको वेबसाइट तथा सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गर्ने पालिकाले जनाएको छ । 

साथै त्रैमासिक रुपमा उक्त कोषको आयव्यय समेत सार्वजनिक गर्ने बताइएको छ । भौगोलिक रूपमा नेपालकै तेस्रो ठूलो र अत्यन्तै विकट रहेको फक्ताङ्लुङ गाउँपालिकाका स्थानीयवासीलाई बर्सेनी आउने प्राकृतिक प्रकोपले पु¥याउँदै आएको क्षतिमा थोरै भएपनि मलमपट्टी गर्ने काम स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, समाजसेवी ,बुद्धिजीवी गर्दै आउनु भएको सहयोग प्रति गाउँपालिकाले प्रशंसा समेत गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार १६:०४

ओलाङचुङगोलामा मौरीले टोक्दा एक घाईते

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा मौरीले टोक्दा एक जना

ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना

तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो

रेडियो काबेली ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना

आदिवासी चलचित्र “चे” को ट्रेलर सार्वजनिक

काठमाडौ । आदिवासी चलचित्र ुचेुको ट्रेलर सार्वजनिक भएको छ ।

शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्दै

ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे