ताप्लेजुङमा एक वर्षमा झण्डै १९ करोड राजस्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङमा आर्थिक वर्ष २०८०/८१ मा झण्डै उन्नाइस करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा कुल १८ करोड ८७ लाख २८ हजार ८१६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।

कोष नियन्त्रक गणेशकुमार पोखरेलका अनुसार सङ्कलित कुल राजस्व रकममध्ये सङ्घीय कार्यालयहरुको १८ करोड १० लाख ५६ हजार ३६४ रुपियाँ रहेको छ । त्यस्तै प्रदेश मातहतका कार्यालयहरुबाट ७६ लाख ७२ हजार ४५२ रुपियाँ राजस्व सङ्कलन भएको कोष नियन्त्रक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय मातहतका विभिन्न २० वटा कार्यालयमध्ये सबैभन्दा बढी नौ करोड ४३ लाख ५० हजार ५८५ रुपियाँ कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत नै सङ्कलन भएको पाइएको छ। कर कार्यालय नरहेको जिल्ला भएकाले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत बढी राजस्व सङ्कलन भएको कोष नियन्त्रक पोखरेलले बताउनुभयो ।

यस्तै, जिल्ला प्रशासन कार्यालयमार्फत एक करोड ९१ लाख नौ हजार ५० रुपियाँ राजस्व सङ्कलन भएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाबाट ३१ लाख ४८ हजार ४६७ रुपियाँ, शिक्षा विकास तथा समन्वय एकाइबाट २४ लाख ३३ हजार ४३३ रुपियाँ, जिल्ला अदालतबाट २२ लाख २८ हजार ७८५ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

ओलाङ्चुङगोला भन्सार कार्यालय, सीमा प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायत विभिन्न छ वटा सङ्घीय मातहतका कार्यालयको राजस्व शून्य रहेको पनि कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सङ्घीय मातहतकै उत्तर दक्षिण (मुलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयको पनि पाँच करोड ६३ लाख ३५ हजार २७९ रुपियाँ रकम राजस्व खातामा जम्मा भएको छ । उक्त रकम भने विभिन्न योजनामा दिएको पेश्की बजेटको काम नभई फिर्ता गरेको रकम भएको कोष नियन्त्रक पोखरेलको भनाइ छ ।

यस्तै, प्रदेश मातहतका कार्यालयअन्तर्गत डिभिजन वन कार्यालयबाट सबैभन्दा बढी ५९ लाख १९ हजार ३०३ रुपियाँ राजस्व सङ्कलन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयबाट ११ लाख १५ हजार रुपियाँ, जिल्ला अस्पतालबाट दुई लाख ५७ हजार ९७ रुपियाँ र कृषि ज्ञान केन्द्रबाट एक लाख ४२ हजार १०४ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

सबैभन्दा न्यून जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत नौ हजार ३५० रुपियाँ मात्र राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। ताप्लेजुङमा प्रदेश मातहतका हालसम्म आठ वटा कार्यालय छन् । गोरखापत्र अनलाइन

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १४:५१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक

मधेश प्रदेशमा ७ स्थानमा उपनिर्वाचन, १०३ जनाको उम्मेदवारी

ताप्लेजुङ । मधेश प्रदेशको सातवटा वडामा अगामी मंसिर १६ गते

२ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ काठमाडौं

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा शपथ तथा पदभार ग्रहण

ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिले शपथ

करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ । करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको