अन्तर जातीय विवाह गर्ने जोडीलाई मेरिङदेनको सम्मान




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । पालिकाले आईतबार एक कार्यक्रमको आयोजना गर्दै दलित र गैर दलित विच विवाह गर्ने १० जोडीलाई सम्मान गरेको हो । पालिकाले प्रत्येक जोडीलाई नगद पाँच हजार, सम्मान पत्र र खादा लाएर सम्मान गरेको हो । हालसम्म पालिकामा दलित र गैर दलित विच वैवाहिक सम्बन्ध कायम भएका १६ जोडीलाई निमन्त्रणा गरिएको भएपनि जिल्ला बाहिर रहेकाले १० जोडी मात्रै कार्यक्रममा आएको सुचना अधिकारी जितेन लिम्बुले बताउनुभयो । पालिकाको वडा नं. १ को एउटा जोडी, वडा नं. २ का ३ वटा जोडी वडा नं. ३, ४ र ५ का एक÷एक जोडी र सबैभन्दा बढी ६ नं. वडाका ९ जोडी गरेर कुल १६ जोडीले दलित र गैर दलित विच वैवाहित सम्बन्ध कायम भएको थियो । दलित र गैर दलित विच वैवाहित सम्बन्ध कायम भएका जोडीलाई सम्मान सहित छुवाछुत विरुद्धको छलफल तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको हो।

कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष युक हाँ बिर हाङ्गाम (डम्बर) ले मेरिङदेन गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गर्ने अभियान स्वरुप पालिकाले दलित र गैर दलित बिच वैवाहिक सम्बन्ध कायम गर्ने जोडीलाई सम्मान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“ हामी हाम्रो गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गर्नका लागि काम गरि रहेका छौँ । जस अनुसार हामीले रेडियो प्रचार प्रसार कार्यक्रम, जनचेतनामुलक गोष्ठी, सार्वजनिक स्थलमा जनचेतनामुलक होर्डिङ बोर्डहरु राखेका छौँ । त्यस अन्तरगत कै यो गैर दलित र दलित बिच वैवाहिक सम्बन्ध कायम भएका जोडीहरुलाई उहाँहरुको आत्मसम्मानलाई थप मजबुत बनाउन र समाजमा सकरात्मक सन्देश दिन सम्मान कार्यक्रम गरेका हौँ ।”

साथै पालिका अध्यक्ष हाङ्गामले पालिका भित्र यदि कसैले जात,पेशा, लिङ्ग वा वर्णका आधारमा कुनैपनि छुवाछुत एव्म विभेद गरे वडाका जन प्रतिनीधि, पालिकाको न्यायिक समिती वा पालिका अध्यक्ष जस्लाई सहज पर्छ खबर गर्न आग्रह गर्दै पिडितको पक्षमा पालिकाले कुनै कसुर बाँकी नराखी साथ र सहयोग गर्ने बताउनुभयो । त्यस्तै उहाँले पालिकालाई आफ्नो कार्यकालमा छुवाछुत मुक्त पालिका घोषणा गर्न गुरुयोजना बनाएर नै लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सहभागीले दिएका रचनात्मक सुझाव एवंम सल्लाहलाई आत्मसात गर्दै आगामी दिनमा कार्यक्रम गरिने पालिका अध्यक्ष हाङ्गामको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्क्षय दुर्गा प्रसाद श्रेङचोङबाङले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागी उक्त जोडीहरुलाई सम्मान गरिएको र पालिकाले यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तर गर्दै जाने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल दलित मुक्ति संगठन केन्द्रिय सचिव नेत्र नेपालीले छुवाछुत तथा विभेद अन्त्य गर्न दलित समुदायलाई कुनै बाख्रा, कुखुरा, मेसिन बाँड्नुको सट्टा छुवाछुत भेदभाव गर्ने समुदायमा जनचेतना जगाउने किसिमका कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । साथै उहाँले सबैको पहलमा जिल्लामा नै पहिलो पटक २०७२ सालमा तत्कालिन नाल्बु गाउँ विकास समितीलाई छुवाछुत मुक्त गाउँ विकास समिती घोषणा गरिएको स्मरण गर्दै अरुलाई भनेर बस्नु भन्दा सुरुवात आफैबाट गुर्न पर्ने आवश्यकता औँल्याउनु भयो ।

त्यस्तै नेपाल दलित मुक्ति मोर्चा केन्द्रिय सदस्य गंगा शंकरले गाउँपालिकाले सबैभन्दा बढी दलित समुदायको शिक्षाको स्तर उकास्न लागि पर्नु पर्ने सझुाव दिनुभयो । उहाँले आफ्नो क्षमता भएपनि आर्थिक अवस्था कमजोर भएका कारण दलित समुदायका छात्र छात्राले पढ्न सक्ने अवस्था नभएकोले यसतर्फ पालिकाले ध्यानदिन जरुरी रहेको बताउनुभयो ।

दलित मुक्ति संगठन केन्द्रिय सल्लाहकार सदस्य कुमार सिवाले विकास निर्माण भनेको भौतिक विकास मात्रै नभएकोले सामाजिक विकासतर्फ पनि ध्यान दिन सुझाव दिनुभयो । विगतमा आफुले अन्तर जातीय विवाह गरेका कारण ज्यान मार्ने धम्की समेत सहनु परेको उल्लेख गर्दै सम्मानित भएका देउमान नेपालीले यसरी पालिकाले सम्मान गर्दा आफुलाई खुसी लागेको बताउनुभयो ।

मेरिङदेन गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्न चालु आर्थिक वर्ष २०८०÷८१ मा मात्रै सचेतानामुलक होर्डिङ बोर्ड टाँस्ने, रेडियो कार्यक्रम साथै अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । पालिकाको तत्कालिन नाल्बु गाउँ विकास समितीलाई वि.सं. २०७२ साल पौष १४ गते जिल्लामा नै पहिलो पटक छुवाछुत मुक्त वडा घोषणा गरिएको थियो । कार्यक्रममा जनप्रतिनीधि, अधिकारकर्मी एवंम राजनितिकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०८१, आईतवार १५:३९

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष