ट्याक्टर चोरी गर्ने फुङलिङ नगरपालिकाका एक युवक पक्राउ



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ट्याक्टर चोरी गर्ने एक युवक पक्राउ परेका छन् । फुङ्लिङ नगरपालिका वडा नं. ८ निवासी वर्ष २१ का प्रकाश मगर चोरी गरेको ट्याक्टर सहित पक्राउ परेका हुन् । 

मेरिङदेन गाउँपालिका ३ दोभानका ५२ वर्षीय जय प्रसाद भट्टराईले सञ्चालन गर्दै आउनुभएका मे. १ त. ७१७१ नम्बरको ट्याक्टर चोरी भएको थियो । भट्टराईकै घर अगाडि पार्किङ गरि राखेको ट्याक्टर गत असार २२ गते हराएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार चोरी भएको ट्याक्टर खोजी गर्ने क्रममा असार २३ गते फुङलिङ ९ को बैदारेमा मगरले चलाई रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

ट्याक्टर चलाई राखेका मगरलाई प्रहरीले सोधपुछ गर्न साथ सो स्थानबाट फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गर्ने क्रममा मगरलाई उनकै निवासबाट मङ्गलबार नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ । 

उनलाई जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ को दफा १४ को ३ बमोजिम ७ दिन हिरासतमा राख्ने म्याद लिई विस्तृत अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : 12:29 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका